कोभिड-१९ प्रकोपका कारण रोजगार गुमाएका, दैनिक मजदुरी गरी जीवन गुजारा चलाउने विपन्न वर्गलाई बनेपाका युवा व्यवसायी, नेकपा एमाले काभ्रे सचिवाल सदस्य रत्नकुश रंजितले खाद्यय सामग्री सहयोग गरेका छन् । बनेपा वडा नं १३ साँगा र वडा नं. १४ का विपन्न वर्ग, बनेपा शहरी इलाकामा डेरा गरी बस्ने अप्ठ्यारोमा परेका ७ सय जनालाई राहत सामग्री उपलब्ध गराएका छन् ।
मानिस रोगले भन्दा भोकले मर्नु नपरोस भन्ने उद्देश्यका साथ विपन्न परिवार संख्याका आधारमा १५ देखि २० के.जी. चामल, दाल २ के.जी., नुन २ प्याकेट, तेल २ लिटर र मस्यौरा २ प्याकेट गरी घरमै पुर्याइ दिएको र शहरी इलाकाका विपन्न परिवारलाई भने घरबाट नै खाद्यय सामग्री वितरण गरेको बताए ।
