प्रतिनिधि सभाको बैठकमा राजा सहितको प्रजातन्त्रको माग गरिएको छ । कांग्रेस र एमालेले संविधान संशोधनको विषय उठाएसँगै राप्रपाका सांसद धवल शमसेर जबराले आजको बैठकको आकस्मिक समयमा बोल्दै राजासहितको प्रजातन्त्रको माग गरेका हुन् ।
अब म यो प्रतिनिधि सभालाई विनम्र अनुरोध गर्न चाहन्छु कि ९४ प्रतिशत हामी ॐ कार परिवार बसोबास गर्ने राष्ट्रलाई यो कुरा कसैको चित्त बुझेको छैन । र पुनः यो राष्ट्रलाई धर्म सापेक्ष नेपाल अधिराज्य अर्थात राजासहितको प्रजातन्त्रमा प्रवेश गर्नका लागि यो प्रतिनिधि सभासित आग्रह गर्न चाहन्छु ।
