IMG-LOGO

बेथानचोक र पनौतीका पिडीत परिवारले अझै राहत सहयोग पाएनन्

 मंगल, फागुन ६, २०८१  ---

    गत असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षातका कारण वाढी पहिरोमा परी मृत्यु भएका आफन्त परिवारले आर्थिक राहत सहयोग अझै पाएनन् । वाढी पहिरोमा परी मृत्यु भएको लागत संकलन तथ्याङ्क फरक पर्दा पिडीत आफन्त परिवारले राहत रकम प्राप्त गर्न नसकेका हुन । वेथानचोक गाउँपालिकाको विपद् व्यवस्थापन समितिले जिल्ला प्रशासन कार्यालयको विपद् व्यवस्थापन समितिमा १२ जनाको मृत्यु भएको लगत पठाएका भएपनि  भएपनि ९ जनाको मात्र प्रविष्ट गरेकोले बागमती प्रदेश सरकारको आन्तकिरक मामिला तथा कानुन मन्त्रालय हेटौडाले पालिकाको खातामा ९ लाख राखिदिएको हुँदा रकम अपुग  भएकाले  पिडीत परिवारलाई प्रतिव्यक्ति १ लाख रकम सहयोग उपलब्ध गराउन नसकेको कुरा गाउँपालिका प्रशासकीय अधिकृत विश्वनाथ दाहालले बताउनुभयो । त्यस्तैगरी पनौती नगरपालिकाले १९ जनाको मृत्यु भएको विवरण जिल्ला विपद् व्यवस्थापन समितिलाई रेकर्ड पठाएको भएपनि १४ जनाको १४ लाख रकम मात्र नगरपालिकाको खातामा जम्मा गरिदिएकोले वाढीपहिरोमा परि मृत्यु भएका आफन्त परिवारलाई मृत्यु भएका व्यक्तिलाई १ लाख कादरले राहत दिनुपर्ने दिन नसकेको कुरा पनौती नगरप्रमुख रामशरण भण्डारीले बताउनुभयो । तर नगरपालिकाले दिने आर्थिक राहत भने वाढी पहिरोमा परी मृत्यु भएका आफन्त परिवारलाई सहयोग उपलब्ध गराएको नगरप्रमुख भण्डारीले बताउनुभयो । जिल्ला विपद् व्यवस्थापन समिति काभ्रे र बागमती प्रदेश सरकारको ढिला सुस्तीले पिडीत परिवारलाई सहयोग उपलब्ध गराउन नसकेको स्थानीय सरकारले जनाएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्