पनौती, ऐतिहासिक पुरातत्वियिक र सांस्कृतिक सम्पदाकोरुपमा परिचित पनौती नगर क्षेत्रको नागरिकहरुले उपभोग गरेको स्वास्थय सेवा प्रवाहको बारेमा विद्यार्थीहरुको टोलिले अवलोकन गरेका छन् । मनमोहन मेमोरियल इन्ष्टिच्यूट हेल्थ साइन्समा अध्ययनरत विद्यार्थीहरुले नगर भित्रका स्वास्थ्य संस्थाबाट प्रवाह गरेको स्वास्थ्य सेवाको अवस्थाको बारेमा विद्यार्थीहरुले बुझेको र सिक्ने ठूलो अवसर मिलेको कुरा व्याचलर इन पब्लीक हेल्थ विपीएस थर्ड इयर ९द्यएक्० की विद्यार्थी भावना अर्यालले बताउनुभयो । पनौती नगरपालिका स्वास्थ्य शाखाको सहजीकरणमा स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा प्रवाहका सवालमा विद्यार्थीहरु भावना अर्याल, सुस्मिता घिमिरे, विनिमा मोल, रोजीना घिमिरे, कविता ओझा र अस्मीता दुवालले स्वास्थ्य अवस्थाको जानकारी लिने र उक्त क्षेत्रका नागरिकहरुको स्वास्थ्य सम्बन्धी समस्या, आगामी दिनमा बनाउनु पर्ने स्वास्थ्य नीतिको खाँचोको सवालमा समेत बहस पैरवी गरिएको विद्यार्थीहरुले बताए । गुणस्तरीय स्वास्थय सेवा प्रवाह गर्न, नागरिकहरुको आवश्यकताका आधारमा घरघरमा स्वास्थ्य सेवाको पहुँच विस्तार, स्वास्थ्य शिविर सञ्चालन गरी पनौती नगरपालिकाले नागरिकहरुलाई स्तरीय सेवा प्रवाह गर्ने नगरप्रमुख रामशरण भण्डारीले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, स्वास्थ्य शाखा प्रमुख जनक केसी, स्वास्थ्य अधिकृत पुरुसोतम तिमल्सिना, कर्मचारी केशव कर्माचार्य र सरोकारवालाहरुको कार्यक्रममा सहभागीता रहेको थियो । पनौती नगरपालिका स्वास्थ्य शाखा र मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ हेल्थ साइन्सका तेस्रो व्याचका विद्यार्थीहरुले स्थानीयहरुको स्वास्थ्य सेवा आवश्यकतालाई ध्यान दिई मानसिक स्वास्थ्य सेवा प्रभावकारी बनाउन ५ वर्षे योजना बनाएको विद्यार्थी भावना अर्यालले बताउनुभयो ।
