नेपाल पत्रकार महासंघ काभ्रे शाखाको आयोजनामा काभ्रेपलाञ्चोक जिल्लाको समृद्धीमा काठमाडौ विश्वविद्यालय र आगामी नेतृत्वको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रममा सहभागि सरोकारवाला निकाय तथा जिल्लाबाट विभिन्न क्षेत्रमा प्रतिनिधत्व गर्ने ब्यक्तिहरुले काठमाडौ विश्वविद्यालय भित्र विकृती विसंगतिले जरो गाडेको उल्लेख गरेका छन् ।
राजनीतिक नेतृत्व रिझाउन, आफन्त तथा नजिकका ब्यक्तिहरुलाई सिनेट तथा कर्मचारीका रुपमा नियुक्ति गर्न, अनुसन्धानमा भन्दा अन्यत्र रमाउन थाले पछि विश्वविद्यालय खोज्ने आउने गरेका विद्यार्थीहरुको संख्या घटेर विद्यार्थी खोज्न विश्वविद्यालय सक्रिय हुनु परेको बताए । ‘विश्वविद्यालयलाई संकट पर्दा जिल्लाका राजनीतिक दल, नेता, सांसद, मन्त्री, विद्यार्थी संघ संगठन, जनप्रतिनिधि स्थानीयहरु सबै एकै ठाउँमा उभिनु पर्छ तर जिल्लाकै विपद तथा संकट र समृद्धीमा विश्वविद्यालय मौनहुनु ठिक छैन । कार्यक्रममा जिल्लाका संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु तथा जिल्लाका विभिन्न क्षेत्रका अगुवा, नागरिक समाजका प्रतिनिधिहरु, शैक्षिक क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको कार्यक्रममा काभ्रे सेवा समाजका पूर्व अध्यक्ष शिक्षासेवी केशव थापाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
अध्यक्ष विनोद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै पुर्वमन्त्री बास्कोटाले भने–‘ काभ्रेमा १० वर्षमाथीको जनसंख्या ७३ प्रतिशत छ, विद्यार्थी यहिँबाट भर्ना गर्न सक्नु पथ्र्यो नि किन सकेन ? समुदायप्रति जिम्मेवार बन्न सक्नु पर्छ संघीय सांसद एवं पूर्वमन्त्री बाँस्कोटाले भन्नुभयो ।
कानुन र विभिन्न निर्णयलाई उल्लंघन गर्दा अहिले समस्या देखा परेको उहाँको तर्क छ । विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सक्ने नेतृत्व आउनुपर्ने पुर्वमन्त्री बासकोटको भनाई रहेको छ ।
शिक्षा र समृद्धिकाबीच सकारात्मक सम्बन्ध रहने हुँदा उहाँले काभ्रेको समृद्धिमा विश्वविद्यालयको अतुलनीय योगदान हुन सक्ने बताउनुभयो । उनले विश्वविद्यालयको अवका नेतृत्व दूरदर्शी, साहसी, समयको पदचाप सहजै पहिल्याएर अनुशरण गर्न सक्नेविश्वविद्यालयको मुख्य कार्यमा किञ्चित सम्झौता नगरी विश्वविद्यालयको स्वायत्तता रक्षाको लागि काम गर्ने नेतृत्व अहिलेको आवश्यकता भएको औल्याउनुभयो ।
प्रदेशसभा सदस्य कञ्चनचन्द्र वादेले काठमाडौं विश्वविद्यालय विद्यार्थी खोज्नुपर्ने अवस्थामा पुग्नु दुःखद भएको बताउनुभयो । अध्ययनकै लागि विदेशिनुपर्ने बाध्यता अन्त्यका लागि आवश्यक कदम चाल्नु उहाँको तर्क छ । विश्वविद्यालयलाई आग्रह गर्नुभयो । विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको विवादले दुवै संस्थाको गुणस्तर खस्किएको उहाँको तर्क छ ।
स्थानीयले काठमाडौं विश्वविद्यालयलाई कठिन परिस्थितीमा दिएको साथ विश्वविद्यालयले विर्सदै गएकों विश्वविद्यालयमा अहिले विकृति मौलाएको छ । विश्वविद्यालय आफैंको इन्जिनियरिङ गर्नुपर्ने अवस्था छ । विश्वविद्यालयले पनि समुदायको लागि काम गर्नुपर्छ । विश्वविद्यालय समुदायसँग संलग्न हुनुपर्यो भने टाढिन्छ । सिनेट बैठकमा ४३ करोड घाटा बजेट पेश गरिएको छ । धुलिखेल नगरप्रमुख अशोक व्यञ्जुले भन्नुभयो यो वेथिति अन्त्य हुनुपर्छ । ६५ दशमलव ३६ प्रतिशत मात्रै विद्यार्थी भर्ना छ । विश्वविद्यालय आफैं आर्जन गर्नसक्ने अवस्थामा छैन । विभिन्न निकायबाट प्राप्त करोडौं बजेट फ्रिज भएको छ । विद्यार्थी कसका कारण भएनन्? प्रश्न गरौं, खोजौं। विश्वविद्यालयमा कमजोरी धेरै छ । सुधार्नुपर्छ । त्यसका लागि हाम्रो चासो हुनुपर्छ । अवकाश भएको कर्मचारीलाइ १ लाख ३६ हजार तलव खुवाएर नियुक्ति गरिन्छ । विश्व विद्यालयको बारेमा बोल्यो की मुख थुनिन्छ । कर्मचारीमाथी श्रमशोषण छ । परिक्षा नै नदिएका विद्यार्थी कसरी ग्र्याजुवेट भए, यस्तो विकृति अन्त्य हुनैपर्छ । ऐन, नियम अनुसार विश्वविद्यालय किन सञ्चालन हुँदैन, प्रश्न यो हो । पारदर्शीता कायम हुन सकेको छैन । भ्रष्टाचार धेरै छ । पहिला राम्रो गरेको नाममा अहिले जे पनि गर्न विश्वविद्यालयलाई छुट हुन सक्दैन । नतावाद कृपावाद अति भो । विश्वविद्यालयको पुर्नसंरचना अहिलेको आवश्यकता हो । देशकै धरोहर विगार्नु हुँदैन । हिजोको योगदान हिजोको राम्रो काम बेचेर अहिले समाजलाई अन्धकारमा राख्ने कोसिस सह्य हुँदेन । दरबन्दी लिष्टमा नभएका १८ जनालाई कसरी जागिर दिइयो ? । विश्वविद्यालयलाई राम्रो बनाउन सबै एक जुट भएर लागैँ नगरप्रमुख व्याञ्जुले भन्नुभयो ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले पादरर्शीतामै प्रश्न उठेको भन्दै वास्तविकता सबैले थाहा पाउनुपर्ने बताउनुभयो । पवित्र शैक्षिक थलो निश्पक्ष र पारदर्शी हुनुपर्छ समन्वय प्रमुख गौतमले भन्नुभयो । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले विश्वविद्यालयले उत्पादन गरेका विद्यार्थी अन्तराष्ट्रिसँग तुलना गर्दा कहाँ छन् तुलना गरेर आवश्यक सुधार गर्नुपर्ने बताउनुभयो । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले विश्वविद्यालयले मानविय पुँजी मार्फत समृद्ध जिल्ला बनाउन सक्नुपर्ने बताउनुभयो । उनले काठमाडौं विश्वविद्यालयले काभ्रेलाई कति चिनेको छ भन्नेमै शंका लागेको बताउनुभयो । विश्व विद्यालयले सबै पालिकालाई चिन्नुपर्ने बताए ।
आगामी दिनमा १३ वटै पालिकाका विद्यार्थीलाई अवसर उपलब्ध गराउन आग्रह गर्नुभयो । राम्रो अध्ययन गर्न सक्ने भएपनि आर्थिक अभावले रोजेको विषय र विश्वविद्यालय पढ्न नसक्नेहरुलाई समेट्न उनको आग्रह छ विपन्न विद्यार्थीको लागि काठमाडौं विश्व विद्यालयको आगामी नेतृत्वले शिक्षाको प्याकेज ल्याउनुपर्ने उनको सुझाव छ ।
एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेलले विश्वविद्यालयबाट प्राप्त गर्न सकिने अवसरबारे छलफल चलाउनुपर्ने धारणा राख्नुभयो । विश्वविद्यालयबाट प्राप्त गर्न सकिने रिसर्च सबैभन्दा ठुलो विकास हुन सक्ने उहाँको तर्क छ । विकास निर्माणका कामलाई दिगो वनाउन, जीविकोपार्जन र पर्यावरण र विकासका विषयमा विश्वविद्यालयलाई जोड्नुपर्ने उल्लेख गर्नुभयो । नेपाली कांग्रेस काभ्रेका सचिव माधव ढकालले राजनीतिक प्रभाव र भागबण्डा अन्त्य भएमात्रै विश्वविद्यालय राम्रो बन्न सक्ने बताएका छन् ।
नेकपा माओवादी केन्द्र काभ्रेका संयोजक भोला अर्यालले विश्वविद्यालयले देशभर कै गौरवको संस्था भएपनि जिल्लामै केहि थाहा नहुने कुरा सामान्य हुन नसक्ने तर्क गर्नुभयो । काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्ती लगायत नीति निर्माणको तहमा काभ्रेलीको पहुँच नरहेको बताउनुभयो ।
कार्यक्रममा रास्वपा सभापति प्रविण ढकाल, राप्रपाका जिल्ला अध्यक्ष सहदेव भण्डारी नेकपा एमाले धुलिखेल नगरसमिति अध्यक्ष विष्णु घिताल लगायत विभिन्न विद्यार्थी नेता लगायत शिक्षा क्षेत्रसँग सरोकार राख्ने व्यक्तिहरुले पारदर्शीता र गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
