IMG-LOGO

विन्धबासिनीको विस्तारित भेलामा राहत वितरण

 मंगल, माघ २९, २०८१  ---

    बनेपा । बिन्धवासिनी वचत तथा ऋण सहकारी संस्था लि. भकुण्डे सेवा कार्यालयले रोशी गाँउपालिका वडा नं. २ स्थित नारायणटारको महिला सामुदायिक भवनमा एक दिने सदस्य विस्तारित भेला तथा सहकारी सदस्य शिक्षा कार्यक्रम संस्थाका उपाध्यक्ष तथा शिक्षा र तालिम उप समितिका संयोजक रामहरि शर्मा तिमल्सिनाको सभापतित्वमा बुधबार सम्पन्न गरेको छ । ८२ जना सदस्यहरुको सहभागिता रहेको उक्त विस्तारित भेलामा प्रमुख अतिथि संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठले सरकारले हालै जारी गरेको  सहकारी सम्बन्धि अध्यादेश, राष्ट्र बैंकले जारी गर्न लागेको निर्देशन आदीको बारेमा सदस्यहरुलाई जानकारी गराउनु हुदै विन्धबासिनी सहकारीले सदस्यहरुलाई संस्थाको गतिविधि, परिवर्तित नीति नियम र वर्तमान अवस्थाको बारेमा जानकारी गराउने उदेश्यले सदस्यहरुलाई पायक पर्ने स्थानमा नै नियमित रुपमा सदस्य विस्तारित भेला संचालन गरि सदस्यहरुबाट सुझाव संकलन गर्दै आएको जानकारी दिनु भएको थियो । 
    सदस्य सेवा विभागका विभागिय व्यबस्थापक मित्र प्रसाद दाहालले सहकारी, बिन्धवासिनी सहकारीको नीतिनियम तथा कार्यक्रम र सदस्यलाई प्रदान गरिने विभिन्न राहत सेवाका बारेमा सदस्यहरुलाई प्रशिक्षण दिनु भएको कार्यक्रममा भकुण्डे सेवा कार्यालय व्यबस्थापन उप समितिका सदस्य लक्ष्मीप्रसाद दाहाल, कार्यालय व्यबस्थापक राजेन्द्र श्रेष्ठ लगायतले विन्धबासिनी सहकारी संस्थाले रोशी क्षेत्रका सदस्यहरुलाई प्रदान गरेको सेवा सुविधाका बारेमा चर्चा गर्नु भएको थियो । उक्त कार्यक्रममा गत असोज ११ र १२ गते आएको बाढी पिडितमा परि  घरगोठ पूर्ण रुपमा क्षेती भई राहत लिन छुटेका संस्थाका ३२ जना सदस्यहरुलाई प्रमुख अतिथि संस्थाका अध्यक्ष श्रेष्ठले संस्थाको राहत कार्यक्रम अन्तर्गत जनही पाँचहजार नगद राहत वितरण समेत गर्नु भएको थियो । विन्धबासिनी सहकारी संस्थाको भकुण्डे सेवा कार्यालयबाट सेवा प्रदान गर्ने गरी रोशी गाविसको फलामेसाँघुमा २०७५ सालदेखि सेवा केन्द्र स्थापना गरि रोशी गापाका करिव १९ सय सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको समेत कार्यक्रममा जानकारी गराईएको थियो ।
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्