प्रेस चौतारी नेपाल काभ्रे शाखाको आठौं अधिवेशनबाट केदार तिमल्सिनाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । अधिवेशनले १५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षमा सन्तोष चौलागाईं, महिला उपाध्यक्षमा सविता न्यौपाने, सचिवमा विकास तिमल्सिना, सहसचिवमा रञ्जित बोहरा, सहसचिव समावेशीमा बुद्धकुमार श्रेष्ठ (रोहित) र कोषाध्यक्षमा मणिराम दाहाल निर्वाचित हुनुभयो । सदस्यहरूमा अमिता शाही ठकुरी, बालकृष्ण बजगाई, नवराज ढकाल (घायल योद्धा), लोकवहादुर थापा, अमित न्यौपाने, प्रदीप भण्डारी, जयराज बजगाईं र सिर्जना सापकोटा रहनु भएको छ । अधिवेशनको उद्घाटन एमाले पोलिटव्युरो सदस्य, पुर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै पोलिटयुरो सदस्य एवं संघीय सांसद बास्कोटाले सञ्चारकर्मीले तथ्यपरक सत्य समाचार उजगार गरी समाजमा जागरण ल्याउनु पर्ने बताउनुभयो । प्रमुख अतिथि बाँस्कोटाले राजनीतिक दलले दलगत स्वार्थको लागि दायाँवायाँ गर्न लागे खवरदारी गर्ने राष्ट्र र जनाको हितको लागि सञ्चार माध्यम सञ्चरकर्मीले खबरदारी गर्नुपर्ने औल्याउनुभयो । प्रेस चौतारी नेपाल काभ्रे शाखाका अध्यक्ष भुवन रायमाझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, प्रेस चौतारीका नेता विश्वमणी सुवेदी, प्रेस चौतारीका केन्द्रीय सचिव बिष्णु तारुके, केन्द्रीय सदस्य हरि हुमागाईं, एमाले जिल्ला कमिटी सदस्य श्याम सापकोटा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस सेन्टर काभ्रेका अध्यक्ष रामप्रसाद ढकालले शुभकामना मन्तव्य राख्नुभयो । प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कारबाट भुवन रायमाझी र टिपी शर्मा युवा पत्रकारिता पुरस्कारबाट जगतमान बललाई पुरस्कृत गरिएको कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेको निर्वाचित कार्यसमिती र प्रदेशमा निर्वाचित पदाधिकारी र सदस्यलाई बधाई ज्ञापन गरिएको थियो ।
