IMG-LOGO

प्रेस सेन्टर काभ्रे अब ढकालले हाँक्ने    

 मंगल, माघ २९, २०८१  ---

    प्रेस सेन्टर नेपाल काभ्रे शाखाको नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापना कार्यक्रम शनिबार सम्पन्न भएको छ । नेकपा माओवादी (केन्द्र) का केन्द्रिय सदस्य एवं बागमती प्रदेश सांसद रुकु चौलागाइँको प्रमुख आतिथ्यता एवं निर्वाचन मण्डलका संयोजक इस्वरी राज कुमार मैनालीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । पदस्थापना कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गङ्गाबहादुर दोङ  प्रेस सेन्टर नेपालको केन्द्रिय उपाध्यक्ष लक्ष्मण खड्का‚ नेकपा माओवादी काभ्रे जिल्ला सचिव देवलाल घिसिङ‚ नेपाल पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष विनोद न्यौपाने‚ प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी‚ पे्रस चौतारी नेपाल काभ्रे अध्यक्ष केदार तिमल्सिना फोटो पत्रकार महासङ्घ अध्यक्ष केशवराज पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा नव निर्वाचित अध्यक्ष रामप्रसाद ढकाल (आर.डि), उपाध्यक्ष सुरज श्रेष्ठ‚ महिला उपाध्यक्ष मायालु लामा‚ सचिब हरिहर घिमिरे‚ सह सचिब‚ समाबेसी सहसचिव बिजय जिम्बा‚ कोषाध्यक्ष मोतिलाल मोक्तान‚ सदस्य सन्तोष बजगाई सदस्य जीवन घिसिङ रहनु भएको छ । त्यसैगरी प्रदेश प्रतिनिधिमा अञ्जली तामाङ रोजन तामाङ‚ नवराज अधिकारी‚जीवन खड्की र गङ्गा दोङ र केन्द्रिय प्रतिनिधिहरुमा रामकृष्ण बन्जारा‚ राज्य लक्ष्मी श्रेष्ठ‚ वसन्त कुमार श्रेष्ठ र कुमार गौतम रहनुभएको छ । पदभार कार्यक्रम सम्पन्न पश्चात प्रेस सेन्टर नेपाल काभ्रे शाखाको कार्यालय समेत उद्घाटन गरिएको थियो ।
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्