IMG-LOGO

काभ्रेमा ६ महिनाको अन्तरालमा सवारी दुर्घटनामा परी ८ जनाले ज्यान गुमाए, ४५ सख्त घाइते

 मंगल, माघ २९, २०८१    रमेश प्रसाद न्यौपाने

 
    बनेपा, सवारी साधनको दुर्घटनाले दिन प्रतिदिन ठूलो जनधनको क्षति पुगेको छ । काभ्रे जिल्लामा पनि दैनिक जसो हुने सवारी साधनको दुर्घटनाको कारण जनधनको क्षति व्यहोर्नु परेको छ । चालु आव ०८१÷०८२ मा काभ्रेमा ६ महिनाको अन्तरालमा पुष मसान्तसम्म सवारी साधानको दुर्घटनामा परी ८ जना पुरुषले ज्यान गुमाएका छन् । २७ पुरुष, १२ महिला ३ बालिका गरी ४५ जना सख्त घाइते भएका छन् । त्यस्तै गरी पुरुष, २४ महिला, २ बालिका गरी ८१ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे बनेपाले जनाएको छ । प्रहरी निरीक्षक सन्तोष ज्ञवालीका अनुसार ट्राफिक नियम उल्ङ्घन गरेका २ हजार २ सय २३ ट्रक कारबाहीमा परी १७ लाख ३१ हजार,  १ हजार ३ सय ५७ बस कारबाहीमा परी ९ लाख ६४ हजार ५ सय राजश्व रकम संकलन भएको जनाउनु भयो । २ हजार २ सय ९३ कार, जीप, भ्यानबाट १५ लाख ३४ हजार ५ सय, ६७ रेक्टरबाट ५१ हजार ५ सय जरीवान रकम उठेको ट्राफिक प्रहरीले जनाएको छ । चालु आ.व.को पुष सम्ममा ६९ वटा सवारी साधनहरु दुर्घटना परेका थिए ।

४ हजार २ सय मोटरसाइकल चालक कारबाही पर्दा ३३ लाख ७८ हजार जरीवाना संकलन
    चालु आर्थिक वर्षको ६ महिनामा ४ हजार २ सय २८ मोटरसाइकल कारवाहीमा पर्दा अरु सवारी साधनको भन्दा बेसी जरीवान संकलन भएको छ । जरीवाना बापत ३३ लाख ७८ हजार संकलन भएको ट्राफिक प्रहरी काभ्रेले जनाएको छ । त्यस्तै गरी टेम्पोबाट १ लाख ३२ हजार ५ सय जरीवाना संकलन भएको छ । १० हजार ३ सय ५० सवारी साधन कारबाहीमा परी ७७ लाख ९२ हजार राजश्व संकलन भएको छ । गत वर्ष २०८०÷०८१ मा ३७ हजार २ सय ५२ सवारी साधन कारबाहीमा पर्दा २ करोड ५१ लाख ५७ हजार ५ सय राजश्व संकलन भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्