इतिहास, संस्कृति र धर्म सम्बन्धी लेखहर समाहित गरेको पुस्तक भुद्रङ पुस्तक शनिबार एक कार्यक्रमबीच लोकापर्ण गरिएको छ । काभ्रे बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख समेत रहनु भएका केजी बैदारबाट लिखित पुस्तक भुद्रङको बागमती प्रदेश सांसद कन्चचन्द्र बादेको प्रमुख आतिथ्यतामा र बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको विसिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बादेले ११ वटा लेख समेटीएको उक्त पुस्तक कला सम्पदाको अभिलेखिकरण बनेपा शहरीक्षेत्र नेवारी समुदायको सन्दर्भमा लेखिएको छ । विस्तार भएको बनेपा नगरको कला सम्पदा र सम्भावनाको समेत अवस्थलाई नियालेर अनुसन्धान सहित विकास समृद्धिलाई मद्धत पुग्ने गरी अर्को पुस्तक लेख्न लेखक बैदारलाई प्रमुख अतिथि बादेले सुझाव दिनुभयो । बनेपा नगरप्रमुख शान्ति रत्न शाक्यले केजी बैदारबाट लिखित पुस्तक सुच्छम ढङ्गबाट अध्ययन गर्न बाँकी छ । भुद्रङ पुस्तक धर्म संस्कृति र इतिहासका सवालमा समावेश गरेको जुन नेवारी समुदायको रहन सहन छन् । बनेपा नगरको भौगोलिक अवस्था र स्वरुप बदलीएको छ सोलाई समेत समाहित गरेर अर्को पु्स्तक प्रकाश हुन सकोस भन्ने सुझाव दिदैँ बैदार एक शिक्षा सेवी आँटीलो दृढ अठोट भएको व्यक्ति भएको नगर प्रमुख शाक्यले उल्लेख गर्नुभयो । अन्ुसन्धान व्यवस्थापन इकाई प्रमुख माधव तिमल्सिनाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका कोषाध्यक्ष रामराज धौभोडेलले लेखक बैदारको बस्तु स्थितिको बारेमा प्रकाश पार्नु भएको थियो । इतिहासविद ओम प्रकाश धौभडेलले देशको धर्म, संस्कृति, संस्कार सम्पदाको बारेमा अभिलेखिकरण गरी नयाँ पूस्तालाई हस्तान्तरण गर्दै जानु पर्ने बताउँदै बैदार सरको पुस्तक भुद्रङ, बनेपा शहरको नयाँ परिचय बन्न सघाएको बताउनुभयो । समालोचक ओमप्रकाश धौभडेलले १४ सय ३० वर्ष अघि बनेपा नगर भित्रका वस्तु स्थितिको अभिलेखिकरण भएको सोको सन्दर्भमा कला, सम्पदा, संस्कृति इतिहासको बस्तु परक सवाललाई उजगार गरी पुस्तकमा समेट्नु सकारात्मक भएको उल्लेख गर्नुभयो । ११ वटा लेखहरु संग्रहीत रहेको भुद्रङ पुस्तक १ सय ८० पेजको छ । उक्त कार्यक्रमको सभापतित्व क्याम्पसका अध्यक्ष लम्बोदर कायस्थले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन कृष्ण प्यारी नकर्मीले गर्नु भएको थियो ।
