नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एबम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेपलान्चोकको आयोजनामा धुलिखेलमा भएको राजनीतिक वैचारिक प्रशिक्षणको उद्घाटन गर्नुभयो ।
जिल्ला संयोजक भोला अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले आगमी २०८४ को निर्वाचनमा आफ्नो पार्टीलाई एक नम्बरको पार्टी बन्नबाट कोहि कसैले रोक्न नसक्ने कुरा बताउनुभयो । लोकतान्त्रिक गणतन्त्रको बहाक, दलित, जनजाती, पिछडीएका वर्ग र गरिवीका रेखामुनी रहेका जनताहरुको जनजीविका सवाल, आर्थिक सामाजिक रुपान्तरणका लागि भूमिका खेलेको तर्क पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डले नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेले धुलिखेलमा आयोजना गरेको एक कार्यक्रममा उक्त कुरा बताउनु भएको हो । पार्टी अध्यक्ष प्रचण्डले संविधान सभाबाट संविधान निर्माण, राष्ट्र र जनताहरुको हित, भ्रष्टाचारको आहालमा डुबेकालाई कानुनी कारबाही प्रक्रियामा ल्याउन फाइल खोलेकै कारण एमाले कांग्रेस पार्टीले देशी विदेशी शक्तिको चलखेल गरी आफूलाई प्रधानमन्त्रीबाट हटाउन अनेक जालझेल गरेको अध्यक्ष प्रचण्डले धारणा राख्नुभयो । देशमा अब समाजवादी क्रान्ति ल्याउनु पर्छ जसले जनताका जनजीवीकाका सावल होस या देशको विकास र समृद्धिको यात्रा पुरा गरी युवाजनशक्तिलाई देशमै अवसर सृजनाको सुनिश्चित गर्न माओवादी पार्टीको सरकाले मात्र गर्न सक्ने उल्लेख गर्नुभयो । भ्रष्टाचारलाई निर्मुल बनाई देशमा सुशासन आर्थिक रुपान्तरण गरी देशलाई समृद्ध बनाउनु छ त्यसैले आगामी ०८४ को निर्वाचनमा माओवादी पार्टीलाई एक नम्बर पार्टी बनाउन नेता र कार्यकर्ता एकीकृत भई सशक्त भई समाजवादी क्रान्ति ल्याउन अभियानमा गाउँगाउँ दौडनु पर्ने पार्टी अध्यक्ष प्रचण्डले उद्घोष गर्नुभयो । आफू देश दौडहामा लागेको सबैबाट उत्साह र हौसला मिलेको बताउँदै अध्यक्ष प्रचण्डले एमाले र कांग्रेस पार्टीले भ्रष्ट र बेबिचारीलाई तस्करीलाई संरक्षण गरेको जनताहरुले बुझीसकेको, आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचारीलाई जेल हाली मुलुकको हितमा कार्य गरेको हुँदा देश दौडाहमा लाग्दा हर्ष र खुसीले सबैले स्वागत सत्कार र सम्मान गरेको बताउनुभयो । पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नी सापकोटाले माओवादी पार्टी जनताका पिर मर्कामा साथ दिएको देशमा विकास र समृद्धिको यात्रा सुरुवात भएको हुँदा आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने धारणा राख्नुभयो । माओवादी पार्टीका नेताकार्यकर्ता जुझारु हुनु पर्नेमा अलि अल्छी, अनुशासन र नैतिकतामा कमाजोर हुँदै गएकाले आचरण बानी व्यवहार सच्चाउँदै माक्सबाद, लेलिनबाद, प्रचण्ड पथको अध्ययन गरी बस्तुपरक ढङ्गबाट समाज परिवर्तनको मार्गमा सबैलाग्नु पर्ने धारणा पार्टी उपाध्यक्ष सापकोटाले राख्नुभयो । कार्यक्रममा माओवादी नेता तेजवहादुर मिजार, केन्द्रीय सदस्य एवं संघीय सांसद सूर्यमान दोङ, केन्द्रीय सदस्य गंगाबहादुर दोङ, प्रदेश सांसद रत्न ढकाल, रुकु चौलागाई लगायतको आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा तेमाल गाउँपालिकाबाट रावणजी तामाङको नेतृत्वमा २१ जना, धुलिखेल नगरपालिकाबाट भीमबहादुर मोक्तान, वीरबहादुर घिसिङ सहित २५ जना र रोशी गाउँपालिकाबाट जोवान लामा सहित विभिन्न व्यक्तिहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरु कांग्रेस, एमाले लगायतका दलहरु परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
