अंकुर प्रि स्कुल बनेपामा सुरुवात गरिएको छ । काठमाण्डौ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्माको प्रमुख आतिथ्यता तथा अध्यक्ष भेषराज शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागित रहेको थियो । बनेपा नगरपालिका ६ बुडोलमा शुभारम्भ गरिएको विद्यालय सरस्वती पुजाको अवसरपारी शुभारम्भ गरिएको हो । गुणस्तरीय शिक्षा तथा व्यवहारिक ज्ञान उपलब्ध गराउँदै बालमैत्री शिक्षा उपलब्ध गराउँदै बालमैत्री शिक्षा उपलब्ध गराउने गरी उक्त विद्यालय शुरु गरिएको अध्यक्ष भेषराज शाहले बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य डा.सन्तोष गौतम, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष विनोद न्यौपाने लगायतले बालमैत्री व्यवहार र शिक्षा प्रदान गर्नु पर्ने बताउनुभयो ।
