IMG-LOGO

बुडोल सामुदायिक साकोसको २६ औं वार्षिकोत्सव

 मंगल, माघ २२, २०८१  ---

 

     बुडोल सामुदायिक साकोस बनेपाको २६ औ बार्षिकोत्सव कार्यक्रम संस्थाका अध्यक्ष कैलाश केसीको सभापतित्वमा सम्पन्न भयो । सहकारी महासंघका अध्यक्ष आमेदेवी मल्ल, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का बरिष्ठ उपाध्यक्ष जिबसराज खड्का लगायतले सहकारी क्षेत्रका समस्या, अध्यादेश तथा अन्य विषयमा मन्तव्य राख्नु भएको थियो ।

     कार्यक्रममा दीर्घ सेवा पदक तथा सम्मानबाट अधिकृत इन्दिरा कार्की के.सी.लाई सम्मान गरिएको थियो भने उत्कृष्ट कर्मचारी सम्मानबाट बरिष्ठ सहायक सागर कुँबरलाई सम्मान गरिएको थियो । सहकारीले यसै वर्ष देखि विशेष क्षमता (अपाङ्गता) भएका सदस्यलाई सहयोग घोषणा गरेको छ ।

     संस्थामा आवद्ध रहेका सदस्यहरु मध्ये क र ख श्रेणीको अपाङ्गता परिचय पत्र प्राप्त गरेका १५ जना सदस्यहरुलाई सहयोग उपलब्ध गराउने कार्यक्रमघोषणा गरिएको प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीले बताउनु भयो । सोहि अवसरमा नेपाल पत्रकार महासंघ काभ्रे शाखामा निर्वाचित कार्यसमितिलाई अध्यक्ष विनोदकुमार न्यौपानेमार्फत बधाई तथा शुभकामना सहित सम्मान गरिएको थियो ।

     कार्यक्रममा जिल्ला सहकारी संघका अर्जुन सापकोटा, काभे्रपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिका सागरनाथ कपाली, हाजिरीजवाफ प्रतियोगितामा विजयी हुनेहरुलाई पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा सर्वमंगला मा.वि., पाँचखाल प्रथम भएको थियो ।

     आठ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेको छ । बनेपाको भक्तेश्वर गोसाइकुण्ड मा.वि, बनेपा दोश्रो भयो । उक्त विद्यालयले नगद ६ हजार ६ सय ६७ रुपैया सहित प्रमाण पत्र प्राप्त गरेको छ । रत्नचुण्डेश्वर मा.वि, बनेपा नालाको विद्यालय तेश्रो भयो । उक्त विद्यालयले नगद ५ हजार ३ सय ३३ रुपैया सहित प्रमाणपत्र प्राप्त गरेको थियो । त्यस्तै सान्त्वना पुरस्कारशुभचामुण्डा मा.वि, बनेपा नालाले प्राप्त गर्‍यो । उक्त विदालयले नगद चार हजार सहित प्रमाणपत्र प्राप्त गरेको थियो ।

     कार्यक्रममा उत्कृष्ट सदस्य तथा बाल बचतकर्ता सम्मान गरिएको छ । असल बचतकर्ता बसुन्धरा केसी र उत्सव केसी, उत्कृष्ट ऋणी मुनामाई दुलाल र प्रशान्त गिरी, उत्कृष्ट बाल बचतकर्ता रायना श्रेष्ठ र आयन गनेजु, अधिकतम संरक्षित पूँजीफिर्ता कोष तर्फबाट बन्दना न्यौपाने र दिपकरत्न शाक्य सम्मानित भएका छन् । नियमित रक्तदाता रामकुमार भुजेल र सुर्वण केसी सम्मानित हुनुभएको छ ।

     त्यस्तै बुसा शैक्षिक सम्मानबाट स्नातकोत्तर तहमा उर्तिण हुने अन्जना देवजु, पस्पा थापा, अप्सरा न्यौपाने र शर्मिला बडाल सम्मानित हुनुभयो । स्नातक तह तर्फ शुभेच्छा श्रेष्ठ, गौतम आचार्य, अनिशा रञ्जितकार र रामहरी बुढाथोकी सम्मानित हुनुभयो । दश जोड दुई तर्फ २६ जना सम्मानित हुनुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्