IMG-LOGO

सूचना प्रवाह नियन्त्रण होइन, नियमन गर्नुपर्छ – पूर्वमन्त्री बास्कोटा

 मंगल, माघ २२, २०८१  ---

 

     नेपालमा भ्रामक, मिथ्या तथा झुटा सूचनाका असरहरू, कानुनी चुनौतीहरू, र तिनको समाधानका उपायहरूबारे गहन छलफल गर्ने उद्देश्यसहित आयोजित “भ्रामक सूचना नियन्त्रणसम्बन्धी राष्ट्रिय सम्मेलन २०८१” काठमाडौंमा सम्पन्न भयो ।

     कानुनी अनुसन्धान समाज नेपालद्वारा आयोजित उक्त सम्मेलनमा कानूनी विज्ञ, पूर्व न्यायाधीश, साइबर सुरक्षाका विज्ञ, पत्रकार, अनुसन्धानकर्ता, तथा कानून र सञ्चार क्षेत्रमा संलग्न विभिन्न व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । संस्थाको अध्यक्ष आयुष बडालको सभापतित्वमा संघीय सांसद एवम् पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सम्मेलनमा वक्ताले, सूचना प्रविधिको दुरुपयोग, भ्रामक समाचारको असर, नयाँ सामाजिक सञ्जाल नियमन विध?गर्नुभएको थियो ।

     प्रमुख अतिथि बास्कोटाले “म मन्त्री भएका बेला मैले यो विधेयक ल्याउन कोशिश  गरेको थिएँ, तर त्यसविरुद्ध अनावश्यक विरोध भयो । अहिले आएर यही विधेयकलाई नै स्वीकृत गर्ने अवस्था आएको छ। यसले देखाउँछ कि सूचनाको प्रवाहलाई नियन्त्रण होइन, उचित नियमन गर्न जरुरी छ ।“

     उहाँले भ्रामक सूचनाको असरलाई कम गर्न सरकारको दायित्वबारे प्रकाश पार्दै थप्नुभयो, “सूचना प्रवाहलाई व्यवस्थित गर्न कानुनी संरचना आवश्यक छ । प्रेस स्वतन्त्रतालाई कायम राख्दै, नियोजित रूपमा फैलाइने तथ्यहीन सूचनालाई नियमन गर्न उचित कानुनी व्यवस्था गर्न आवश्यक छ ।“

     सम्मेलनका वक्ताहरूले डिजिटल साक्षरताको अभावले भ्रामक सूचना झन् तीव्र रूपमा फैलिन सक्ने खतरा रहेको औंल्याए । सम्मेलनमा सहभागी कानूनी विज्ञ, पत्रकार, साइबर सुरक्षाविद् तथा नीति निर्माताहरूले सूचना प्रवाहलाई नियमन गर्न आवश्यक कानुनी सुधार, प्रविधिको उचित प्रयोग, र जनस्तरमा सचेतना अभिवृद्धि गर्ने उपायहरूबारे महत्वपूर्ण सुझावहरू प्रस्तुत गरे ।

     कार्यक्रम आयोजक तथा कानुनी अनुसन्धान समाज नेपालका अध्यक्ष आयुष बडालले भ्रमपुर्ण र तथ्यहिन सुचना प्रकासन र प्रसारण रोक्नको लागि नीतिगत सुधार, प्रविधिको प्रभावकारी प्रयोग, र आम नागरिकलाई डिजिटल साक्षरता प्रदान गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । सम्मेलनको समापन गर्दै आयोजकहरूले भविष्यमा यस्ता छलफलहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्