IMG-LOGO

क्षितिज इङ्गलिश स्कुलको १८ औं वार्षिकत्सव

 मंगल, माघ २२, २०८१  ---

     क्षितिज इङ्गलिश बोर्डिङ स्कुलले आफ्नो स्थापनाको १८ औँ वार्षिक उत्सव कार्यक्रम मंगलबार अरनिको पार्टी प्यालेसमा सम्पन्न गरेको छ । कार्यक्रममा २०८० सालमा एसईई उत्तीर्ण भएका विद्यार्थीलाई विदाई तथा पुरस्कार वितरण समेत रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा काठमाण्डौ विश्वविद्यालयका कार्यबाहक उपकुलपति डा. अच्युत वाग्ले हुनुहुन्थयो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विद्यार्थीलाई स्वदेशमै रोक्न सक्ने गरी सीपमुलक शिक्षा प्रदान गर्नु अहिलेको अवश्यकता भएको बताउनुभयो । प्रविधिको सदुपयोगले शिक्षालाई सीपमुलक बनाएको तर यसको दुरुपयोगले आज धेरै विद्यार्थीलाई विगारेको बताउँदै उहाँले नयाँ पुस्तालाई सहि शिक्षा प्रदान गर्नु आजको  आवश्यकता रहेकोमा जोड दिनुभयो ।

     कार्यक्रममा विद्यालय संचालकसमितिका सदस्य हरिगोपाल प्रधानाङ्गले ०६३ सालदेखि जिल्लाको कात्तिके देउरालीबाट यो विद्यालय शुरुवात भएको र पछि बनेपामा स्थानान्तरण गरि हालसम्म संचालन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार ०६३ सालदेखि यस विद्यालयले एसएलसी परीक्षामा विद्यार्थी समावेश गराउन थालेको हो । त्यसयता हालसम्म ५१२ जना विद्यार्थीले एसएलसी, एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएरु उत्तीर्ण भएका छन् । हाल विद्यायमा प्लेग्रुपदेखि कक्षा १० सम्म ८१० विद्यार्थी अध्ययनरत छन् । ६० जना शिक्षक र अन्य कर्मचारी कार्यरत रहेको यस  विद्यालयले १९१ जना विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरेको छ । कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई प्रमुख अतिथी लगायत अन्य अतिथीहरुले पुरस्कार वितरण गर्नुभएको थियो । विद्यार्थीहरुका सांगितिक प्रस्तुतीले कार्यक्रम रोचक र रमणीय बनेको थियो । विद्यालयका प्रिन्सिपल लिलाधर पौडेलले शैक्षिक प्रगति, सञ्चालक अध्यक्ष विकास श्रेष्ठले समग्र शैक्षिक अवस्था, व्यवस्थापन अध्यक्ष उदयराम कायष्ठले शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउन सिङ्गो टीम नै ससक्त भएर लागेको बताउनु भयो । प्याब्सन काभ्रे अध्यक्ष श्याम भुजेल, प्याब्सन काभ्रे अध्यक्ष महेन्द्र बिस्ट लगाएतको आतिथ्यता रहेको थियो । सञ्चालक सदस्य बिमला चौलागाइले मन्तव्य राख्नु भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्