IMG-LOGO

एविएम स्कुलको सडक सुरक्षा सचेतना कार्यक्रम

 मंगल, माघ २२, २०८१  – गोविन्द प्रसाद मैनाली

     बनेपा/आदर्श विद्या मन्दिर स्कुल बनेपाले सडक सुरक्षा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । श्रीखण्डपुर चोकमा विद्यार्थी, शिक्षक, तथा विभिन्न सरोकारवाला निकायहरुको सहभागितामा विद्यालयले अभिभावक सडक सुरक्षा सचेतना कार्यक्रम संचालन गरेको कुरा संस्थापक प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले बताउनुभयो ।

     जिल्ला प्रहरी काभ्रे धुलिखेल प्रमुख प्रमुख एसपी बसुन्धरा खड्का, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, इलाका प्रहरी कार्यालय बनेपाका डिएस्पी ज्ञानबहादुर खड्का, एसओएस बालग्रामका प्रिन्सिपल नरेश्वर आचार्य, मानवअधिकारकर्मी एवं प्राध्यापक भोजराज तिमल्सिना लगायतले सडक सुरक्षामा विद्यार्थीहरु मार्फत समुदाय र अभिभावकलाई समेत सन्देश मुलक सचेतना फैलाउन सकिने बताउनुभयो ।

     विद्यार्थीहरुले अभिभावकहरुले बालबालिकाहरुले कम उमोरमा प्रयोग मोटरसाईकल खरिद गर्न दिएको दबाब, लागु औषधको प्रयोगसँगै मोटरसाईकलको प्रयोगका कारण भएको दुर्घटना, दुर्घटना पछिको अवस्थामा अभिभावकहरुलाई परेको असर तथा अपाङ्गता, मृत्यु, उपचार खर्च लगायतका विषयमा सचेतनामुलक सडक नाटक प्रर्दशन गरेका थिए । विद्यार्थीहरुले सडकमा सन्देशमुलक र चेतनामुलक सचेत अभियान सञ्चालन सहित र्‍याली गरेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्