IMG-LOGO

बाथ र मुटु रोगको परीक्षण

 मंगल, माघ २२, २०८१  ---

     बाथ, मुटुरोगको स्क्रिनिङ परीक्षण शिविर नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे जिल्ला शाखाको आयोजना र नेपाल हृदयरोग निवारण प्रतिष्ठान नाला इकाइ, उग्रचण्डी बोर्डिङ स्कूल, नाला,रोटरी क्लब अफ धुलिखेल, च्ऋऋ पिपलचउर, च्ऋऋ कुशादेवी, धुलिखेल अस्पताल, शीर मेमोरियल अस्पताल, बनेपा,किवानिस क्लब अफ काभ्रेहरुको सहआयोजनामा शुक्रबार उग्रचण्डी बोर्डिङ स्कूल मा.बि.का ६ बर्ष देखि १६ बर्ष सम्मका ५५९ बिद्यार्थीहरुको बाथ मुटुरोगको स्क्रिनिङ परीक्षण गरेको छ । ४७ जना विद्यार्थीहरुको इको परीक्षण, धुलिखेल अस्पतालका बाल मुटुरोग विशेषज्ञ डा.अनिश जोशी र चिकित्सकहरु डा.अनिलकुमार सिँह, डा. सहस्रा जोशी,डा.सार्थक गौतमले परीक्षण कार्य गर्नु भएको थियो । उक्त एक दिने बाथ मुटुरोगको स्क्रिनिङ परीक्षण शिविरमा आवश्यक परामर्श दिनुका साथै ५ जना विद्यार्थीहरुलाई धुलिखेल अस्पतालमा रिफर गर्नु भएको थियो । संस्थाका सभापति टीकाभक्त भोछिभोया, उपसभापति सिद्धिबहादुर कर्माचार्य, सचिव हरिशरण श्रेष्ठ, कोषाध्यक्ष रामप्यारी श्रेष्ठ, सदस्य निर्मला श्रेष्ठ, देवीटारको समाजसेवी पन्चलाल घिसिङ, सँगठन उपसमितिका सदस्य मोदनाथ दाहालको उग्रचण्डी बोर्डिङ स्कूलका प्रिन्सिपल  बोधि केशले स्वागत मन्तब्य राख्नुभएको थियो । उक्त शिविर सँचालनार्थ स्थानीय रुपमा सशक्त र प्रभावकारी भूमिका नेपाल हृदयरोग निवारण प्रतिष्ठान नाला इकाइका संयोजक लक्ष्मीनारायण श्रेष्ठ, उप सँयोजक मोहनमाया श्रेष्ठ, सचिव प्रबिण श्रेष्ठ, कोषाध्यक्ष सुरेन्द्र श्रेष्ठ, सदस्यहरु  दिलकुमार श्रेष्ठ, रमनकाजी सुवाल, उग्रचण्डी बोर्डिङ स्कूलका प्रिन्सिपल बोधिकेश, शिक्षक शिक्षिकाहरु  सानु रोक्का केसी, अष्मिता श्रेष्ठ, सुबिना केसी, सम्रिता श्रेष्ठ, पुष्पा महत, अनुपा थापा, बिनिशा सापकोटा, रजना सजेलले सहजीकरण गर्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्