डिसीसी कप अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि बेलर इन्टरनेश्नल एकेडेमीले प्राप्त गरेको छ । विश्व युवा महोत्सव २०२५ को पूर्वसन्ध्यामा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले आयोजना गरेको प्रतियोगिताको उपाधीका लागि बेलर र पनौतीको भालेश्वर मावि बीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा प्रथम भएको बेलरले १ लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता भालेश्वरले ५० हजार रूपैंया नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी हाइ स्कोर ग्रेस ल्याण्ड स्कुलका रिजन खत्री, बेष्ट गोलकिपर भालेश्वरका साजन हुमागाई, बेष्ट प्लेयर बलेर इन्टरनेशनल एकेडेमीका गौतम श्रेष्ठ भए । उनीहरूले नगद १०/१० हजार रूपैंया पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । जिसस प्रमुख दिपक कुमार गौतमले उद्घाटन गरेको प्रतियोगितामा जिल्लाका सामुदायिक र संस्थागत गरी ३२ वटा टिम सहभागी भएका थिए । सहभागी टिमहरुमा एभरेष्ट एकेडेमी, माउण्ट भ्यू इङ्गलिस स्कूल, श्री जनज्योती मावि, काभ्रे मावि, नेपाल प्रहरी मावि, बेलर इन्टरनेशनल एकेडेमी, ग्रेसल्याण्ड सेकेण्डरी स्कूल, श्री भक्तेश्वर गोसाइकुण्ड मावि, विकटेश्वर इङ्गलिस सेकेण्डरी स्कूल, नमोबुद्ध इङ्गलिस बोर्डिङ स्कूल, सरस्वतीकुञ्ज बोर्डिङ्ग स्कूल, बालबाटिका विद्या मन्दिर सेकेण्डरी स्कूल, नवरत्न अंग्रेजी मावि, श्री जनक मावि, गोल्डेन सिद्धार्थ एकेडेमी, विद्या साग इङ्गलिस सेकेण्डरी स्कूल, सिद्धार्थ वनस्थली स्कूल, श्री चक्रज्योती मावि, शिक्षा सदन मावि, सिद्धार्थ इङ्गलिस सेकेण्डरी स्कूल, बालविकास विद्याश्रम, न्यू राइजिङ्ग सेकेण्डरी स्कूल, श्री कृष्ण गोपाल मावि, शुभ चामुण्डा सेकेण्डरी स्कूल, एविएम स्कूल, डिभाइन लाइट इङ्गलिस बोडिङ्ग स्कूल, श्री भालेश्वर मावि, काभ्रे इङ्गलिस सेकेण्डरी स्कूल, प्रगति प्रभात एकेडेमी र श्री चण्डेश्वरी सृष्टिकान्त मावि रहेको आयोजकले जानकारी दिएको छ । उद्घाटन समारोहमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर वाईबा, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, संघ संगठनका प्रतिनिधि सहभागी भएका थिए भने कार्यक्रममा बेलर इन्टरनेश्नल एकेडेमीका अध्यक्ष भोला थापाले स्वागत मन्तव्य राख्नु भएको थियो । विश्व युवा महोत्सव २०२५ आगामी मार्च महिनामा धुलिखेलमा हुने भएको छ ।
