IMG-LOGO

बिन्धवासिनी साकोस बनेपाको समुह संयोजक भेला सम्पन्न

 मंगल, माघ २२, २०८१  ---

 

     बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको समुह संयोजक भेला तथा सदस्य बिस्ताररित मञ्च  कार्यक्रम बिहिबार सप्पन्न भयो । संथाका अध्यक्ष शान्त कुमार श्रेष्ठको प्रमुख आतिथ्यता ब्यबस्थापन, उप समितिका संयोजक मोहन प्रसाद होमागाईको सभापतित्वमा सम्पन्न भयो । उप समिति सदस्य प्रमिला बिष्टले प्रार्थना  गराउनु भएको थियोे भने उप समिति कोषाध्यक्ष हिरामणी दुलालले स्वागत मन्तव्य राख्नु भएको थियो । संस्थाको कार्यलय ब्यवस्थापक सबिना सापकोटाले वित्तीय प्रगति विवरण प्रस्तुत गर्नु भयो । बनेपामा ५ सय ७८ समुहामा १३ हजार ३ सय २ शेयर सदस्य रहेका छन् । कार्यक्रममा २ साय ८१ जना समुहको प्रतिनिधिकोरूपमा  सभागिता रहेको थियो।२३६२ जना शैक्षिक  बाल बचत कर्ता  गरि २५६४ सेवा ग्राहीलाई  सेवा प्रदान  गरेको जनाएको छ।१२ करोड ९६ लाख ८४ हजार ७ सय शेयर पुजी रहेको छ । १ अर्ब २० करोड ८३ लख८५ जजर २ साय ६७ कुल बचत रहेको छ।६२ करोड ४४लाख ७९ हजार ७ सय १० लगानी  रहेको  संथामा कुल करोबार १ अर्ब ३४ करोड ६७ लख ३७ हजार ५ सय २४ रहेको छ । मुख्य  कार्यलय बिभगीय ब्यबस्थापक रामचन्द्र  थापाले संथाको समष्टिगत बित्तीय कारोबारको बारेमा प्रष्ट  पार्नु भएको थियो २५३४ वटा समुहमा ५७,३७३ शेयर सदस्यहरु, ११,७४० जना शैक्षिक बाल बचत कर्ता सहित ६९,०१३ सेवाग्राहीलाई सेवा प्रदान गरेको जनाएको छ । ५३ करोड ९७ लाख १५ हजार ५ सय शेयर पुजी, ३ अर्ब ४७ करोड ४० लाख ८८ हजार २ सय  ७९ ऋण लगानी रहेको छ । संथाको कुल कारोबार ५ अर्ब  १६ करोड ४७ लख ८६ हजार ६ सय ९० रहेको छ । संथाका प्रमुख कार्यकारी अधिकृत के.वि. लामा स्याङ्तानले संथाले नीति, विधि र प्राविधिको प्रयोग गरि सदस्यहरुको जीवन स्तरमा आर्थिक सुधार, उद्यम सिलताको बिकास, उद्यमीकोलागि सिप बिकास र व्यावसायिक उन्नतिको लागि बिन्धवासिनी साकोस सदस्यहरुको सरथी बनेको औंल्याउनु भयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्