खेलले चालु आर्थिक वर्ष आ.व. ०८१/०८२ को ६ महिना पुष मसान्त सम्म रजिष्ट्रशन र सेवा शुल्क गरी २८ करोड ८३ लाख ७० हजार १ सय ३६ राजश्व संकलन गरेको छ गत आ.व. ०८०/०८१ को पुष मसान्त सम्म भने ३० करोड ५२ लाख ३७ हजार ५ सय १० रकम संकलन भएको थियो । उक्त रकम रजिष्ट्रेशन तथा सेवा शुल्क गरी संकलन भएको कुरा मालपोत अधिकृत एवं सूचना अधिकारी रोशन केसीले जानकारी दिनुभयो । यस वर्षको तुलनामा गत वर्ष सोही समयमा २ करोड ३३ लाख ८४ हजार ८ सय दश रकम राजश्व संकलन भएको थियो । गत वर्षको तुलनामा चालु आवको ६ महिनामा राजश्व संकलन किन गिरावट आयो भन्ने सवालमा जिज्ञासा राख्दा प्रमुख मालपोत अधिकृत दिपक कोइरालाले घर जग्गा कारोबारमा कमी आउनु, आर्थिक मन्दीका कारण आर्थिक सुचकहरुमा संकुचन आउनु, प्रमुख कारण हो भन्नुभयो । दोश्रो कारण गत असोज १० देखि १२ गते सम्म परेको अविरल वर्षातका कारण वाढीपहिरोले करीव ३ महिना सम्म नै मानवीय जीवन कष्टकर जीउनुपर्ने अवस्था, सडक सञ्जाल अवरुद्धले जीवन यापनमा आएको असहजताले गर्दा मालपोत कार्यालय कभ्रेमा राजश्व संकलन केही कमी आएको कुरा प्रमुख मालपोत अधिकृत कोइरालाले बताउनुभयो । चालु आर्थिक वर्षको पुषसम्ममा लिखत पारित, बैंक तथा व्यक्तिगत दृष्टि समेत गरी ७ हजार ७ सय ९६ सेवाग्राहीले सेवा लिएका छन् भने गत वर्षको ६ महिनामा १८ हजार ४ सय ५५ ले सेवा लिएका थिए । चालु आर्थिक वर्षको पुष सम्ममा लाभकर तर्फ १७ करोड ३६ लाख ८९ हजार ७३ र आयकर तबर्फ १७ करोड १७ लाख ९३ हजार ३ सय १४ जम्मा लाभकर र आयकर गरी १९ करोड ८ लाख ६८ हजार ३ सय ८७ रहेको छ । मालपोत कार्यालय काभ्रेमा संकलन भएको कुल राजश्वको ४० प्रतिशत हुन आउने रकम बागमती प्रदेश सरकारलाई ११ करोड ८४ लाख ३ सय ९२ र स्थानीय तह सरकारलाई १६ करोड ९९ लाख ६९ हजार ७ सय ४३ बाँडफाँड गरी पठाएको जनाएको छ ।
१३ स्थानीय सरकार कसबाट कति राजश्व संकलन ?
काभ्रे जिल्लाको १३ स्थानीय सरकारबाट रजिष्ट्रेशन तथा सेवा शुल्क बापत राजश्व संकलनमा चालु आर्थिक वार्षको ६ महिनामा सबभन्दा बेसी राजश्व संकलन बनेपा नगरपालिकाबाट भएको छ । बनेपा नगरबाट १ करोड ४ लाख ६९ हजार ५ सय ५० राजश्व संकलन भएको छ । त्यस्तै नगरपालिका तर्फ क्रमशः धुलिखेल ५८ लाख ८५ हजार ४ सय ८५, पनौती ४४ लाख ८९ हजार ७ सय २८, नमोबुद्ध ३३ लाख ५८ हजार ४ सय ६०, मण्डनदेउपुर ३२ लाख १६ हजार २ सय १४ र पाँचखाल नगरपालिकाले मालपोत रजिष्ट्रेशन तथा अन्य सेवा शुल्कमा २८ लाख ९५ हजार ६ सय ६५ राजश्व संकलन गरेको मालपोत कार्यालय काभ्रेले जनाएको छ । बाँडफाँड राजश्व बागमती प्रदेश ११ करोड ८४ लाख ३ सय ९२, स्थानीय सरकार तर्फ १६ करोड ९९ लाख ६९ हजार ७ सय ४४ गरी चालु आवको ६ महिनामा २८ करोड ८३ लाख ७० हजार १ सय ३६ राजश्व संकलन भएको आइटी डिपार्टका रामभक्त हुमागाईले जानकारी दिनुभयो ।
त्यस्तै गरी सबभन्दा कम राजश्व संकलन गर्ने महाभारत गाउँपालिका ९८ हजार १ सय ६७ क्रमशः खानीखोला गाउँपालिका १ लाख ५ हजार ८ सय ३३, चौरीदेउराली गाउँपालिका १ लाख १४ हजार ८ सय १३, तेमाल गाउँपालिका १ लाख १५ हजार ३ सय १९, रोशी गाउँपालिका १ लाख ३३ हजार २ सय ३७ राजश्व संकलन भएको छ । गाउँपालिकामा सबभन्दा बेसी मालपोत राजश्व संकलनमा भुम्लु गाउँपालिका रहेको छ । भुम्लु गाउँपालिकाले २ लाख २१ हजार २ सय ४१ राजश्व संकलन गरेको छ । मालपोत रजिष्ट्रेशन तथा अन्य शुल्कमा राजश्व संकलनको दोश्रो ठूलो स्थानीय सरकार बेथानचोक गाउँपालिकाबाट १ लाख ९८ हजार २ सय १९ राजश्व संकलन भएको छ ।
