काभ्रे जिल्लामा बिहिबार एकै दिन लडेर दुई जनाको मृत्यू भएको प्रहरीले भिन्न भिन्न घटनामा परी दुईजनाको निधन भएको जिल्ला प्रहरी कार्यालय काभ्रे धुलिखेलले जनाएको छ । बनेपा नगरपालिका वडा नम्वर २ घिमिरे गाउँमा पशुपति घिमिरेको घरमा प्लास्टर गर्ने क्रममा रामेछाप जिल्ला दोरम्बा गाउँपालिका वडा नम्बर ३ ठोकर्पा घर भई हाल बनेपामा काम गर्ने कामदार ४० बर्षिया लालबहादुर मगरको घरको दुई तल्लाबाट लडेर उपचारका क्रममा निधन भएको हो । उक्त घर भारतको विहार घर भई हाल बनेपामा निर्माण व्यवसायीकारुपमा काम गर्ने महमत फुर्केनले जिम्मेवारी लिएका थिए । उनले काम गर्ने जिम्मेवारी पाएर लालबहादुर मगर लगायतका कामदारलाई पशुपति घिमिरेको घरमा काममा लगाएका थिए । विहिबार दिउसो घरको तल्लाबाट तल झरेका मगरलाई तत्काल उपचारका लागि धुलिखेल अस्पताल पुर्याएको भए पनि अस्पतालमा डाक्टरले मृत घोषणा गरिदिएका थिए । त्यस्तै पाँचखाल नगरपालिका वडा नम्वर ३ कान्लेडाँडामा रुखबाट लडेर मण्डनदेउपुर नगरपालिका ११ फुर्सेमाटो बस्ने दिलबहादुर तामाङको श्रीमती ४८ बर्षिया सञ्चमाया तामाङको सालको रुखमा चढेर पात टिप्ने क्रममा रुखबाट लडेर घटनास्थलमा नै मृत्यू भएको हिगुवापाटी प्रहरीचौकीले जानकारी दिएको छ । दुबैको शव पोस्टपार्टमका लागि धुलिखेल अस्पताल लगिएको परम्परा अनुसार दाहसंस्कार गरेको प्रहरीले जनाएको छ ।
