ज्योती एकेडेमी बनेपा–८ विद्यालयले आयोजना गरेको विज्ञान प्रदर्शनीको विद्यालयका ब्यवस्थापक, शिक्षक, अभिभावकहरुले अभिरुची पुर्वक अवलोकन गरेका थिए । विद्यार्थीहरुले आफुले सिकेका विज्ञान सम्बन्धी शैद्वान्तिक ज्ञानलाई व्यवहारिकरुपमा ३४ बटा स्टल मार्फत प्रदर्शन गरेको प्रदर्शनीमा विद्यार्थीहरुले बनाएका विभिन्न सामग्रीहरुको प्रदर्शन गर्नुका साथै प्रयोग समेत गरेर देखाएका थिए । विद्यार्थीहरुले नै अभिभावकहरुलाई विभिन्न उपयोगी खेल खेलाएका थिए । साथै प्रदर्शनीको अन्तिम विन्दुमा प्रदर्शनी स्टलको मुल्यांकनका लागि मत पेटीका राखेर अभिभावकहरुको मत समेत लिएर उत्कृष्ट स्टल घोषणा गरिएको प्रदर्शनीको उद्धघाटन दुई बालिकाहरुले गरेका थिए ।
