बनेपा –५ स्थित चण्डेश्वरी डाडामा श्री माई चन्डेश्वरी जेष्ठ नागरिक आश्रमको मुलद्वारको माघ २१ गते शिलान्यास भएको छ।बागमती प्रदेश सांसद कन्चन चन्द्र बादेलले शिलान्यास गर्नु भयो । बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्य, बनेपा–५ का अध्यक्ष बलराम अधिकारी, आश्रमका अध्यक्ष उद्धब तिमल्सिना, आश्रम निर्माण समितिका अध्यक्ष पुष्प काजी श्रेष्ठको उपस्थिति रहेकोे थियोे । उक्त मुलद्वावार निर्माणकालागि बनेपा नगरपालिकाले २० लख बजेट उपलब्ध गराएको छ भने त्यसतै जन श्रम दान समेतबाट ३ लख ५३ हजार ९ सय ३८ मा मुल ढोका बन्नेछ । करिब १५ रोपनी जग्गा क्षेत्र भित्रमा ५ रोपनी जग्गामा भबन संरचना बन्ने छन् । हिजो वसन्त पन्चमीमा गणेश मन्दीरको निर्माणका लागि शिलान्यास भएको छ । उक्त मन्दिर निर्माण गर्न स्वर्गीय बद्री नापित स्वर्गीय माता चिरिमायको स्मृतीमा छोराहरु कुमार सहायक, कुमार सेवक र सगुन नापितले संयुक्तरुपमा २५ लाख लागतमा मन्दिर निर्माण हुने छ ।
मुख्य सचिव अर्यालले शिलान्यास गरेको आश्रमको प्रदेश सांसद बादेबाट पुनः शिलान्यास
श्रीमाई चण्डेश्वरी जेष्ठ नागरिक आश्रम यसरी बन्दैछ भनि काभ्रे टाइम्सले पूर्व मुख्य सचिव डा.बैकुण्ठ अर्यालले २०८१ बैशाख ४ गते शिलान्यास गरेको समाचार बैशाख ११ गते पत्रिकामा मुख्य समाचार बनाएको थियो । २० करोड लागत अनुमान सहितको ५ रोपनी क्षेत्रफलमा सुविधा सम्पन्न आश्रम भवन बन्ने भनिए पनि ९ महिना सम्म कुनै संरचना नबनिकनै २०८१ माघ २१ गते श्री बसन्त पञ्चमीको दिन बागमती प्रदेश सांसद कन्चनचन्द्र बादेले पुनः शिलान्यास गर्नुभयो । बनेपा नगरपालिकाले चालु आ.व. ०८१/०८२ बाट २० लाख बजेट सुनिश्चित गरे सँगै चण्डेश्वरी जेष्ठ नागरिक आश्रमको मुलद्वार (ढोका) बन्ने भएको छ । ४ वटा भवन संरचना, नर्सिङ डिपार्ट, जेष्ठ नागरिक आश्रम, केयर सेन्टर, बगैचा सहित सुविधा सम्पन्न भवन बन्ने आश्रमका अध्यक्ष उद्धव तिमल्सिनाले बताउनुभयो ।
