IMG-LOGO

धुलिखेल नगरका १४ सय १५ किसोरुीहरुलाई एचपिभी खोप

 मंगल, माघ २२, २०८१  ---

     धुलिखेल नगरपालिकाले विद्यालय तहमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका बालिकाहरु तथा विद्यालय बाहिरका बालिकाहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाईने खोप एचपिभीका सवालमा विद्यालय तहका शिक्षक तथा संचारकर्मीहरुलाई अभिमुखिकरण गरेको छ ।

     खोप समन्वय समितिका अध्यक्ष एवं नगर प्रमुख अशोक ब्याञ्जुको सभापतित्वमा सम्पन्न कार्यक्रममा सरोकारवालाहरुले खोपका बारेमा जिज्ञासा राखेका थिए । २०८१ माघ २२ देखि २९ गतेसम्म पहिलो चरणमा धुलिखेलका १ हजार ४ सय १५ जना बालिकाहरुलाई खोप लगाउने तयारी पुरा भएको छ । विद्यालय बाहिरका १० देखि १४ वर्षसम्मका ८ जनालाई खोप लगाईने जनाएको छ ।

     सुरक्षित र निःशुल्क खोप एचपिभीका लागि सम्पूर्ण तयारी गरिसकेको स्वास्थ्य शाखाका प्रमुख सन्दिप केसीले बताउनु भयो । १२ वटै वडाका विद्यालयहरुमा खोप केन्द्र तथा त्यसका लागि आवश्यक तयारी र खोप कर्तालाई तालिम र खोपको महत्वका बारेमा प्रस्ट पारीएको शाखा प्रमुख केसीले बताउनु भयो ।

     अभिमुखिकरण कार्यक्रममा वडा अध्यक्षहरु, जनस्वास्थ्य कार्यालय काभ्रेका खोप अधिकृत पार्थमणी न्यौपाने, स्वास्थ्य शाखाका सरोज थापा, विद्यालयका प्रधानाध्यापकहरु, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने लगायतले खोप अभियान भब्यरुपमा सफल बनाउन सबै एक भएर लाग्नुपर्ने बताउनु भयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्