धुलिखेल/संजिवनी नमुना माध्यमिक विद्यालय ७५ औ बार्षिकोत्सव समारोह धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यता तथा विद्यालय ब्वस्थापन समितिका अध्यक्ष बेदप्रसाद कोँजुको सभापतित्वमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख ब्याञ्जुले धुलिखेल नगरवासीका सन्ततीलाई जिल्लाको मात्रै नभई राष्ट्रकै नमुना संजिवनी माध्यमिक विद्यालयको भवन उद्घाटनका समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिती सँगै विद्यालयले लिएका शैक्षिक गुणस्तरका कार्यक्रमहरुको प्राथमकितालाई नगरपालिकाले सदैव सक्रियता देखाएर सहयोग गरेको बताउनुभयो । उच्चशिक्षा अध्ययनमा निःशुल्क र बाहिरकोलाई ५० प्रतिशत छुट गरी सामुदायिक क्याम्पसलाई अनुदान दिइएको बताउनुभयो । १ हजार १ सय ३ जना बालबालिकाहरु अध्ययन गरिरहेको उक्त विद्यालयको बार्षिकोत्सवको अवसर पारी विद्यार्थीहरुले पढाईसँगै सिकेका विषयहरुको प्रर्दशनी सांस्कृतिक कार्यक्रम गरका थिए । विज्ञान विषयका १८ वटा स्टल रहेका थिए । स्मार्ट सिटी, त्यसको परिकल्पना तथा त्यहाँ हुने पूर्वाधार तथा सुविधा, ग्रिन, क्लिन इनर्जी, शहरको सरसफाई विद्यालय भवन तथा हाईड्रोपावर लगायतका विषयहरु प्रर्दशनीमा रहेको थियो । सञ्जिवनी विद्यालयमा ईसिडी देखि कक्षा १० सम्म ८ सय ४७, कक्षा ११ र १२ मा २ सय २६ जना र प्राविधिक तर्फ ३० गरी १ हजार १ सय ३ जना अध्ययनरत छन् । विद्यालयका नाममा ५० रोपनी भन्दा धेरै जमिनछ । ९ वटा ब्लकमा ३२ वटा कक्षाकोठा छन् । ३ सय भन्दा फर्निचर सहित सुविधायुक्त कक्षा कोठाहरु उपलब्ध छन् । विज्ञान प्रयोगशाला, जीवन विज्ञान प्रयोगशाला, प्राविधिकधारको प्रयोगशाला, ब्यवसायीक प्रयोगशाला, पुस्तकालय, कम्प्युटर ल्याव, ईपुस्तकालय, आईसिटी ल्याव लगायतका पूर्वाधारहरु छन् । विद्यालयले बार्षिक ४ करोड ५६ लाख ७१ हजार २ सय ८९ रुपैयाको आय ब्यय गरेको जनाएको छ । विद्यालयका प्र.अ टंकवहादुर थापाले शैक्षिक गतिविधिको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा वडा नम्वर ७ का अध्यक्ष रोमीप्रसाद ब्याञ्जु, धुलिखेल ३ वडा अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक गणेश आचार्य, विद्यालयका सहायक प्रधानाध्यापक कृष्णप्रसाद काफ्ले, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, विभिन्न क्षेत्रका ब्यक्तिहरु, पुर्व प्रधानाध्यापकहरु, शिक्षकहरु, चन्दादाता तथा सहयोगीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, पुर्व विद्यार्थीहरु, अभिभावकहरु तथा विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।
