विश्व हिन्दु महासघ नेपाल राष्ट्रिय समितिको सम्मेलन एवं गायत्री पुरष्चरण श्रीमद्भागवत विश्व कल्याण महायज्ञको संकल्प सभा शनिबार विश्वको हिन्दू महासंघ नेपालका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारीको अध्यक्षतामा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति, संस्कृतिबिद डा. जगमान गुरुङ्ज्युको प्रमुख अतिथ्यतामा हिन्दु राष्ट्र पुनःस्थापन जागरण माहाअभियान का संयोजक माननीय शंकर भण्डारीज्यु, पन्डित दिन बन्धु पोख्रेल, वैदिक महर्षी पाउण्डेसन्का अध्यक्ष दिपक प्रकाश बाँसकोटाज्यु, पुर्ब माननीय एवं राष्ट्रिय धर्म जागरण अभियानका अध्यक्ष शंकर पाण्ड, ॐ कार एकताका संयोजक डा.चिन्तामणि योगि गुरुहरु को प्रमुख आतिथ्यतामा र पुर्व वाइसीएल इन्चार्ज सागर थापाज्यु, आचार्य पिठाधिश गुरु गोबिन्द रेग्मी, गायत्री पुरष्चरणक केन्द्रका अध्यक्ष गुरु केशव महरठ्ठा, शम्भु हरि बास्तोला आदि को आतिथ्यतामा एवम् विभिन्न धार्मिक गुरुहरुको समुपस्थितिमा साथै विश्व हिन्दु महासंघका केन्द्र , प्रदेश जिल्ला देखि स्थानीय तह सम्म विभिन्न जिम्मेवारीमा रहनुभएका विÞद्वान महानुभावहरुको बिशेष उपस्थितिमा भब्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रम लाई सम्बोधन गर्नु हुदै स्वागत मन्तव्य माहासघ का बरिस्ठ उपाध्यक्ष प्रबिण घिमिरेले उपस्थित सबै गुरुजन प्रती नमन गर्दै उपस्थित सबैप्रती आभार ब्यक्त गर्नुभएको थियोे भने । सनातन हिन्दु राष्ट्र नेपाल को भावीकार्यदिशा मार्ग चित्र बारे जानकारी केन्द्रिय प्रवक्ता शिव प्रसाद सिम्खडा र सह सचिब रामेश्वर कोइरालाले, कार्यक्रम बारे शुभ भाव प्रकट गर्नु हुने केन्द्रिय उपाध्यक्ष ज्युहरु गणेश प्रसाद नेउपाने, भक्त राज भुषाल, मुक्ति राम अधिकारी ऋषि केश जङ्ग शाह, कोषाध्यक्ष गिरिराज पाठक, सुदुर पश्चिम प्रदेश अध्यक्ष शिरोमणि ओझा, प्रशिक्षण विभाग प्रमुख भरत राज पौडेल, जिल्ला अध्यक्षज्युहरु सिन्धुपाल्चोक रुद्र लोचन आचार्य, काठमाडौ रेखा अर्याल, जुम्ला रत्न उपाध्याय, लगायत, हेटौंडाका राजेश वाग्ले, चितवन का फुल नाथ न्युरे, पर्वत का राजेन्द्र तिवारी, पण्डित नेत्र प्रसाद पराजुली लगायतले प्रकट गर्नु भएको थियोे । स्वस्ती वाचन बटुक गुरुहरुबाट भएको थियोे भने ज्ञानु दिदिहरुको समुहबाट भजन गित प्रस्तुत भएको थियोे । उक्त सम्मेलनले मुख्य ३ वटा संकल्प प्रस्ताव पारित ग¥यो । १. गायत्री पुरश्चरण तथा श्रीमद्भागवत विश्व कल्याण ज्ञान माहायज्ञ आगामी २०८२÷०२÷१५ देखि २३ गतेसम्म यज्ञको थालनी गरेर समापन गर्ने निर्णय गरेको छ ।
