काभ्रे प्रेसका सञ्चालक तथा पत्रकार अरबिन्द्र गौतमले आफ्नो वैवाहिक वार्षिकोत्सवको अवसरमा आर्सु स्मृति प्रतिष्ठानको समन्वयमा फुटबल खेलाडीलाई सहयोग गरेका छन् । २८६१औँ सोनाम ल्होसारको अवसरमा खानिखोला गाउँपालिका वडा नं. ४ मा आयोजना हुने फुटबल प्रतियोगिताका लागि गौतमले वडा नं. ६ का खेलाडीहरूलाई १५ सेट जर्सी हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रमको उद्देश्य स्थानीय खेलकुदको प्रवद्र्धन गर्नुका साथै खेलाडीहरूलाई आवश्यक सामग्री उपलब्ध गराएर प्रोत्साहित गर्नु रहेको गौतमले बताए। जर्सी वितरण कार्यक्रममा आर्शु स्मृति प्रतिस्ठान नेपालको अध्यक्ष रुपेश काफ्ले, समाजसेवी सामाजिक अभियान्ता तथा युवा नेता राजन अधिकारी लगायत, स्थानीयवासी, खेलप्रेमी र आर्शु स्मृति प्रतिस्ठान नेपालको सदस्यहरुको उपस्थिति थियो ।
