IMG-LOGO

काभ्रे कबड्डी लिगको उपाधी भक्तपुरको मोडर्न कलेजलाई

 मंगल, माघ १५, २०८१  ---

     बनेपामा पहिलो पटक आयोजना गरिएको प्रथम काभ्रे कवड्डी लिग २०८१ को उपाधी भक्तपुरको मोडर्न कलेज समुहले जित्न सफल भएको छ । काभ्रे कवड्डी एकेडेमीको आयोजना तथा जिल्ला खेलकुद विकास समिति काभ्रेको समन्वयमा सम्पन्न भएको उक्त खेलमा भक्तपुरको चाँगुनारायण समुह उपविजेता बन्यो । ‘३७–३५ पोईन्टमा मोडर्नले चाँगुनारायणलाई हराउँदै उपाधी जितेको हो । प्रतियोगितामा काभ्रेपलाञ्चोक जिल्लाका ८ वटा समुह र भक्तपुर जिल्लाका २ वटा समुह गरी १० वटा समुहको प्रतिस्पर्धा रहेको थियो । प्रतियोगितामा प्रथम हुने मोडर्न कलेजको समुहले ३० हजार ३ सय ३३ र उप विजेता चाँगुनारायण समुहले ११ हजार १ सय ११ रुपैया नगद, शिल्ड, प्रमाणपत्र प्राप्त गरेका थिए । एकेडेमीका अध्यक्ष सुमन कुँवरको अध्यक्षता सम्पन्न प्रतियोगितामा विजयी तथा सहभागीहरुलाई बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहालले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापाले उद्घाटन गर्नुभएको खेलको समापन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानविर वाईवा, राष्ट्रिय रेफ्रि विवेक मानन्धर, इलाका प्रहरी कार्यालय बनेपाका डिएस्पी ज्ञानबहादुर खड्का, तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रम संयोजक तथा खेलका प्रमुख व्यवस्थापक राजेश तिमल्सिनाले जानकारी दिनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्