IMG-LOGO

काठमाण्डौं देखि धुलिखेल सम्म महानगरको यातायात प्रारम्भ

 मंगल, माघ १५, २०८१  ---

     महानगर यातायात प्रा.लि. ले थानकोटदेखि धुलिखेलसम्मको रुटमा सेवा प्रारम्भ गरेको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी थानकोट—धुलिखेल सेवा सुरु गरेको हो । काठमाडौंको चक्रपथमा सेवा दिँदै आएको महानगर यातायातले टाटाका थप ४० वटा बसहरू सञ्चालनमा ल्याएको हो । नयाँ बसहरू थपिएसँगै महानगर यातायातका बसहरू ८९ पुगेको प्रा. लि. ले जनाएको छ । सिप्रदी ट्रेडिङ्ग प्रा।लि।ले सोही कार्यक्रममा बसहरूको चाबी महानगर यातायात प्रा।लि।लाई हस्तान्तरण गरेको हो ।

     नयाँ बसहरू सञ्चालनमा आएसँगै महानगर यातायातले चक्रपथ बाहेकका अन्य गन्तव्य र रुटहरूमा पनि सेवा बिस्तार गरेको महानगर प्रालिका यातायात उपाध्यक्ष सन्तोष खतिवडाले बताउनु भयो । महानगर यातायातले काठमाडौंको चन्द्रागिरि, गोदाम र थानकोटदेखि काभ्रेपलाञ्चाकको बनेपा हुँदै धुलिखेलसम्मका रुटमा यात्रुहरूलाई सेवा प्रदान गर्न सुरु गरेको बताए । साथै महानगर यातायात प्रा।लि।ले आफूलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने निर्णय गरेको पनि जानकारी गराए । उनले महानगरपालिकाले छिटै नै १० वटा विद्युतीय बसहरू समेत सञ्चालनमा ल्याउने गरी तयारी गरिरहेको जानकारी दिनुभयो । एक वर्षभित्रै ५० वटा विद्युतीय बसहरू सञ्चालन गर्ने योजना रहेको जनाइएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्