IMG-LOGO

जिल्ला अदालत काभ्रेको न्याय सम्पादनको सवालमा छलफल

 मंगल, माघ १५, २०८१  ---

 

     काभ्रेपलाञ्चोक जिल्ला अदालतले संचारकर्मीहरुसँग अर्ध बार्षिक प्रगतिबारे शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला अदालतले १ हजार २८ थान नयाँ दर्ता र जिम्मेवारी सरेका १ हजार ३ सय ५७ मुद्धा समेतबाट ८ सय २१ थान मुद्धा फछ्र्यौट गरेको स्रेस्तेदार कर्णबहादुर राईले जानकारी दिनुभयो । प्रमुख जिल्ला न्यायधीश मातृकाप्रसाद आचार्यले सेवाग्राहीले न्याय पाउने गरी काम गरिरहेको बताउनुभयो । चालु आर्थिक बर्षको ६ महिनाको अवधीमा भएका मुद्धा दर्ता, फछ्र्यौट, तामेली लगायतका विवरण कार्यक्रममा प्रस्तुत गरिएको थियो । स्रेस्तेदार राईले कानून व्यवसायीले पेशी स्थगित गर्ने, ठूलो संख्यामा कर्मचारीहरुको सरुवा तथा काज भएको, बाहिरी जिल्लाको म्याद तामेलीमा विलम्व हुने गरेको,सरकारवादी मुद्दामा जाहेरवाला, सरकारी साक्षी, पक्राउपूर्जी तथा म्याद तामेली, वतन खुलाउने कार्यमा विलम्व हुने गरेको उल्लेख गर्नुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्