कम्प्युटर एशोसिएसन नेपाल, काभ्रे शाखाले केन्द्रीय समिति र बागमती प्रदेश समितिमा निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामनाका साथै आगामी दुई वर्ष कार्यकालमा गर्ने कार्यक्रमहरुका बारेमा रणनीतिक योजना सार्वजनिक गरेको छ । बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटाको प्रमुख आतिथ्यता एवं क्यान जिल्ला अध्यक्ष देवकी आचार्य दुलालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । अध्यक्ष दुलालले रणनीतिक योजनाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । क्यान केन्द्रिय अध्यक्ष सुनैना पाण्डे घिमिरे, निवर्तमान अध्यक्ष रणजीत पोद्दार, क्यान महासंघका पदाधिकारीहरु, शाखा उपाध्यक्ष रिता श्रेष्ठ, सचिव कोमलप्रसाद तिमल्सिना, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने लगायतले क्यान महासंघले खेल्नुपर्ने भूमिकाका बारेमा आ–आफ्नो धारणा राख्नु भएको थियो ।
