IMG-LOGO

आगामी चैत्र १४ देखि १८ सम्म धुलिखेलमा विश्व युवा महोत्सव हुने

 मंगल, माघ १५, २०८१  – हरिनाथ न्यौपाने

     काभ्रेको धुलिखेलमा विश्व युवा महोत्सव आगामी चैत्र १४ देखि १८ गतेसम्म हुने भएको छ । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा नेपालमा नै पहिलो पटक हुन लागेको महोत्सवमा विश्वभरका करिब १० हजार युवाहरु प्रत्यक्ष सहभागी रहने जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमले पत्रकार सम्मेलन गर्दै जानकारी दिनुभयो । काठमाडौं विश्वविद्यालयको परिषरमा हुने महोत्सवका लागि हालसम्म ७५ देशबाट ७ सय ७८ जना सहभागीले अग्रिम सःशुल्क नाम दर्ता गराइसकेको बताइएको छ । खेलकुद, सांस्कृतिक कार्यक्रम,सेमिनार, डिजिटल कविता प्रतियोगिता, टक शो, कीनोट स्पीच गरी ५० विभिन्न कार्यक्रम आयोजना हुँदैछन् । विभिन्न देशका विभिन्न विश्वविद्यालय, युवा सञ्जाल, अन्तराष्ट्रिय गैरसरकारी संस्थाका कार्यरत युवाहरु सहभागी हुने कार्यक्रममा २५ भन्दा बढी विषयमा कार्यपत्र प्रस्तुत हुनेछ । सरकारकोे भिजन २०२५, राष्ट्रिय योजना आयोगको १६ औैं पञ्चवर्षीय योजनाका साथै दिगो विकास लक्ष्यका सूचकहरु पुरा गर्न महोत्सव केन्द्रीत हुने बताइएको छ । महोत्सवले नेपाल र काभ्रेलाई विश्व सामु चिनाउने दावी गर्दै समन्वय प्रमुख गौतमले सीप बैंकको स्थापना र रोजगार बैंकको विषयलाई गम्भिरता पूर्वक उठाउने उल्लेख गर्नुभयो । फेस्टिभलको अलग्गै वेबसाइट र सोसल मिडिया प्लाटफर्महरु तयार भइसकेका छन् । सबैजसो इभेन्टहरु काठमाडौं विश्विवद्यालय धुलिखेलमा हुनेछन् । फेस्टिभलको पूर्व सन्ध्यामा स्पोट्र्स मीटअन्तर्गत फुटसल, फुटबल र भलिबल प्रतियोगिता आयोजना हुनेछन् भने फेस्टिभलका लागि २० करोड रुपैंया खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । आयोजकले प्रति सहभागी ७ हजार ५ सय रुपैंया तोकेको छ । फेस्टिभलमै रजिष्ट्रेशन गर्नेहरुलाई १० हजार रुपैंया शुल्क लिने व्यवस्था रहेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्