वर्तमान कविता समूह र शब्दाङ्कुर साहित्यिक मासिक पत्रिकाको आयोजनामा बनेपा नगरपालिका वडा न ४ मा अवस्थित ब्रह्मपार्कमा कविता वाचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा राष्ट्रकै प्रख्यात साहित्यकारहरू शैन्लेद्र साकार र मोहन दुवालको उपस्थिती रहेको थियो । कार्यक्रम हरियाली जङ्गलको बीच भागमा रमाइलो वातावरणमा भएको थियो । कार्यक्रममा कविता वाचन गर्ने कविहरूमा मोहन दुवाल, शैलेन्द्र साकार, प्रोल्लास सिन्धुलीय, हरिहर तिमिल्सिना, धीरकुमार श्रेष्ठ, दियेसरत्न शाक्य, रामसुन्दर देउजा, शारदा घिमिरे भैल र विश्व सिग्देल लगायत २५ जना रहनुभएको थियो । कार्यक्रममा वाचित कविताहरुलाई अङ्ग्रेजीमा पनि अनुवाद गरि प्रकाशित गरिने जानकारी दिइएको थियो ।
