नेकपा (माओवादी केन्द्र) बनेपा नगरको व्यवस्थापनमा लकडाउनका कारण खाद्यान्न सकिएर समस्यामा परेका श्रमिकहरुलाई राहत वितरण गरिएको छ । बनेपा नगरभित्र बसोबास गर्दै आएको श्रमिक, अपांग तथा जेष्ठ नागरिक, एकल महिलाहरुलाई लक्षित गरि राहत वितरण गरेका छन् । माओवादी बनेपा नगरले तेश्रो चरणको राहत वितरणमा बिहिबार बनेपाको नयाँबस्तीमा २ केजी दाल, १५ केजी चामल, १ लिटर तेल, नुन, साबुन लगायतका सामानहरु राहत स्वरुप उपलब्ध गराएका थिए । नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य भोलाप्रसाद अर्याल, अखिल नेपाल ट्रेड युनियन महासंघ बनेपाका इन्चार्ज एवम् माओवादी केन्द्रका जिल्ला सदस्य राजन अधिकारी, युवा नेता मीनराज के.सी., परशुराम दाहाल, सुरथ कें.सी, कल्पना लामालगायतको उपस्थितिमा राहत वितरण गरिएको थियो ।
सापकोटा राइल मिलका प्रोपाइटर दिनेश सापकोटाले ५ हजार बराबरको खाद्यान्न लगायतका सामाग्री सहयोग स्वरुप उपलब्ध गराएका थिए भने सामान बोक्न यातायातको व्यवस्थापन आर.पि.फर्निचरका संचालक पुरुषोत्तम नेपालले गरेका थिए ।
