IMG-LOGO

नेपाल बुद्धिजीवी परिषद् काभ्रेको जिल्ला सम्मेलन

 मंगल, माघ १५, २०८१  ---

 

     नेपाल बुद्धिजीजी परिषद काभ्रेको १० औँ जिल्ला सम्मेलन काभ्रेप्रतिनिधि सभा सदस्य क्षेत्र नं. २ का सांसद एवं पूर्व संचर तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यतामा तथा जिल्ला परिषद् अध्यक्ष डा. अम्बुभवानी कार्कीको सभापतित्वमा शनिबार बनेपामा सम्पन्न भयो । प्रमुख अतिथि संघीय सांसद बाँस्कोटाले कार्यक्रमको सफलता र नयाँ नेतृत्व चयनको लागि शुभकामना व्यक्त गर्दै बुद्धिजीवी परिषद् विज्ञताको आधारमा खोज अनुसन्धान, विकास र समृद्धिको सम्भावनाको खाका तयार गरी नीति निर्माण तहमा पार्टी पंक्तिलाई दवाव सृजना गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । देश विकासको संवहाक नेकपा एमाले भएकाले मिशन ८४ मा एक नम्बर पार्टी बन्न एमाले नेतृत्वको सरकारले गरेका राम्रा कार्य जनताहरुलाई बुझाउने कहिकतै कमीकमजोरी भएको छ भने औल्याई पार्टीलाई सुदृढ बनाई विकास र समृद्धि हाँसिल गरी नागरिकलाई खुसी सुखी राख्न सबै मिलेर अघि बढ्न पर्ने तर्क प्रमुख अतिथी संघीय सांसद बास्कोटाले गर्नुभयो । भौतिक पूर्वाधार क्षेत्रको विकास, वन, आइटी, पर्यटन क्षेत्रको विकास, कृषि क्षेत्रको व्यवसायिक विकास, शिक्षा स्वास्थ्य क्षेत्रमा भएका प्रगतिका सवालहरु कहाँ कहाँ के के भए गर्नु पर्ने दीगो विकासका लक्ष्यहरु के के हुन ? त्यसका बारेमा जनतामा आशा र भरोषा गराउने कार्य बुद्धिजीवी परिषदमा आवद्ध भएका अनुभवले खारीएका बौद्धिक बर्गले लेख, रचना मार्फत जनताका बीचमा पु¥याउनु पर्ने भनाई संघीय सांसद बाँस्कोटाले गर्नुभयो । बुद्धिजीवी परिषदका केन्द्रीय अध्यक्ष एवं गण्डकी सांसद डा.दिनेश चन्द्र देवकोटा, संविधान सभा सदस्य शिलाकतिला, परिषदका केन्द्रीय सचिव डा. दिपेन्द्र श्रेष्ठ, बागमती प्रदेश सरकार योजना अयोगका अध्यक्ष प्राडा इश्वर कोइराला, नेकपा एमाले काभ्रे उपाध्यक्ष देवसागर लामा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । परिषदमा उपाध्यक्ष बीर बहादुर थापाले स्वागत मन्तव्य राख्नु भएको थियो । परिषदका केन्द्रीय सचिव डा. दिपेन्द्र श्रेष्ठले काभ्रे जिल्लाका विकास र समृद्धिका आधारमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । जिल्लाका पूर्व अध्यक्ष मरणोपरान्त स्वः केदारनाथ प्रधान, पूर्व अध्यक्ष रामशरण लुइटेल, क्रय तुयुकाजी ताम्राकार र गोविन्दलाल प्रधानाङ्गलाई कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन सहसचिव भिमसेन केसीले गर्नुभएको थियो ।

अध्यक्षमा केशव थापा

     उक्त अधिबेशनले केशव थापाको अध्यक्षतामा नयाँ समिति निर्विरोध चयन गरिएको छ । सचिवमा भीमसेन केसी, उप–सचिवमा शिवराम सिग्देल, कोषाध्यक्षमा निर्मला सापकोटा भुर्तेल निर्वाचित भएका छन् । यस्तै सदस्यमा श्रीकृष्ण पाण्डे, आर काफ्ले, शिव प्रसाद बञ्जारा, नरहरि कुँवर, माधव नेपाल, भवानी पाण्डे निर्वाचित हुनुभएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्