IMG-LOGO

धुलिखेल नगर प्रमुख व्याञ्जु वित्तीय संघीयता समन्वय महाशाखाको समितिमा मनोनयन

 मंगल, माघ १५, २०८१  ---

     अर्थमन्त्रालयले धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुलाई वित्तीय संघियता समन्वय महाशाखा अन्र्तगतको विषयगत समितिमा मनोनयन गरेको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा रहेको विषयगत समितिमा ब्याञ्जुलाई सदस्य नियुक्ति गरिएको हो । संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्वन्ध) ऐन, २०७७ को दफा २२ बमोजिम संघ र प्रदेशका सम्वन्धित विषयको कार्यक्षेत्र रहेको मन्त्रालय तथा स्थानीय तहबीचमा समन्वय कायम गरी नीति तथा योजना कार्यान्वयन र विकास निर्माण लगायतका काममा प्रभावकारीता ल्याउन मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको अध्यक्षतामा उक्त समिति गठन गरेको हो । २०८१ माघ ७ गते बसेको मन्त्रीस्तरीय बैठकले नेपाल नगरपालिका संघका पूर्व अध्यक्ष समेत रहनु भएका धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुलाई उक्त समितिमा नियुक्त गरेको शाखा अधिकृत नारायण राउतले जानकारी दिनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्