IMG-LOGO

श्री चक्रज्योति माविको ५१ औं वार्षिकोत्सव

 मंगल, माघ १५, २०८१  ---

     बनेपा– १३ भैसेपाटी, श्री चक्रज्योति माविको ५१ औ वार्षिकोत्सव एसईई बिदाइ तथा पुरस्कार वितरण समारोह हिजो सम्पन्न भयो । वागमती प्रदेश सांसद एवं पूर्व राज्यमन्त्री कन्चनचन्द्र बादेको प्रमुख आतिथ्यता सम्पन्न भयो । प्रमुख अतिथि बादेले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विकास गर्न केन्द्र, प्रदेश र स्थानीय सरकारले शिक्षामा पहिलो प्राथमिकता राखेर बजेट विनियोजन गर्नुपर्ने धारणा राख्नुभयो । बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले नगरभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक विकासमा स्तरीयता र प्राविधिक शिक्षा प्रदान गर्न १० वटा विद्यालय छनौट गरी हरेक वर्ष १०÷१० लाख रकम प्रदान गर्दै आएको बताउनु भयो । नगरप्रमुख शाक्यले स्थानीय अभिभावक, शिक्षक वर्गले विद्यालयको शैक्षिक अवस्था सुधार गर्न मेहनत गर्नु पर्ने उल्लेख गर्नुभयो । नगर उपप्रमुख विमला सापकोटा दाहाल, बनेपा वडा नं १३ का अध्यक्ष रामलाल दुवाल, वडा सदस्य राजु मधिकर्मी श्रेष्ठ, रेडियो एवीसीका अध्यक्ष रमेश प्रसाद न्यौपाने, शिक्षा सेवी राजु बस्नेत, विद्यालयको शिक्षक अभिभावक संघ प्राविधिक धारको संयोजक शान्ता शर्मा, विद्यार्थी आश्वीनी लामा लगायतले मन्तव्य राख्नु भएको थियो । विद्यालयका प्रधानाध्यापक माधव तिमल्सिनाले शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । १ सय ४१ विद्यार्थीहरु रहेको विद्यालयमा कक्षा १ देखि माध्यमिक तहसम्म अंग्रेजी माध्यामबाट अध्यापन गराउँदै आएको छ । एसईई विदाई कार्यक्रम, विभिन्न विद्यामा शैक्षिक स्तरीयता तथा सांस्कृतिक कार्यक्रममा सफलता हाँसिल गरेका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रमको सभापतित्व विद्यालयका अध्यक्ष हरिभक्त श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन निरु राउत केसीले गर्नु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्