IMG-LOGO

नेपाल रेडक्रस पनौती उपशाखाको २४ औँ सभा

 मंगल, माघ ८, २०८१  – बिकुनारायण ताम्राकार

 

     नेपाल रेडक्रस सोसाईटी पनौती उपशाखाको २४ औँ उपशाखा सभा सम्पन भयो । उक्त कार्यक्रममा पनौती उपशाखाका सभापती राजु ताम्राकारले सभापतीत्व गर्नु भएको थियो । २४ आँै उपशाखा सभामा प्रमुख अतिथी, ने.रे.सो. जिल्ला शाखाका सभापती देबेन्द्र भैँल, जिल्ला मन्त्री राजु सिग्देल, पूर्व जिल्ला सभापती रघुनाथ हुमागाई, पूर्व जिल्ला मन्त्री विश्वनाथ ताम्राकार, विजयराम कर्माचार्य, पूर्व जिल्ला कार्य समिति सदस्य गिता तिमल्सिना दाहाल, नेरेसो खरिबोट उपशाखा सभापति कृष्ण ब.श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । साथै उक्त कार्यक्रममा नरेसो पनौती उपसभापती कविता थापा श्रेष्ठले स्वागत मन्तव्य दिनु भएको थियो । कार्यक्रममा ने.रे.सो. पनौती उपशाखा कोषाध्यक्ष राजेश कुमार श्रेष्ठले २०८०÷०८१ का करिब ४८४६४५÷६६ रुपैँया आर्थिक विवरण पेश गर्नु भएको थियो साथै तेरेसो पनौती उपशाखाका सचिव मनोज श्रेष्ठले आ.व. ०८०÷०८१ को प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रम पनौती उपशाखाका सचिव मनोज श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

 

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्