काभ्रे कबड्डी एकेडेमीको आयोजना र जिल्ला खेलकुद विकास समिति काभ्रेको समन्वयमा काभ्रे कबडी प्रथम लिग प्रतियोगीता २०८१ माघ १० गतेदेखि १३ गतेसम्म हुनेभ एको छ । देशको पुरनो खेल राम्रो पहिचान समेत भएकोले युवा खेलाडीहरुलाई कबड्डी खेलले थप उर्जा प्राप्त हुने र काभ्रे जिल्लाको नाम उच्च रहने कुरा कार्यक्रमका मुख्य व्यवस्थापक एवं संयोजक राजेश तिमल्सिनाले बताउनुभयो । काभ्रे र भक्तपुर जिल्लाका ९ वटा टिमले कबड्डी खेल प्रतियोगितामा भाग लिने छन् । काभ्रे कबडी एकेडेमीका अध्यक्ष सुमन कुँवरका अनुसार प्रथम हुनेलाई ३० हजार ३ सय ३३ र दोश्रो हुनेलाई ११ हजार १ सय ११ नगद, मेडल, प्रमाणपत्र ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिने जनाउनु भयो । जिल्ला खेलकुद विकास समिति काभ्रे अध्यक्ष मानविर वाइवाले खेलकुद क्षेत्रको विकासमा जिल्लाले समन्वय र सहकार्य गर्दे आएको बताउनुभयो । उक्त प्रतियोगीताको लागि बेलर इन्टरनेश्नल एकेडेमी बनेपा र अप्टिमस ग्लोबल एजुकेशन प्रालि मुख्य स्पोन्सर रहेको जनाएको छ । उक्त कबड्डी प्रतियोगीता बुडोलको खेलकुद मैदानमा हुने छ ।
