पंतजली योग समिति काभ्रे, महिला समिति काभ्रे र युवा काभ्रेको आयोजना र सृष्टिकान्त योग साधना केन्द्रको बनेपा न.पा ४ नालामा आयोजित राष्ट्रिय योग दिवसको बाग्मती प्रदेश सभा सदस्य कन्चनचन्द्र बादेले पानसमा द्धिप प्रज्ललित गरी उद्घाटन गर्नुभयो । उक्त दिवसको उपलक्ष्यमा १० वर्ष देखि २० वर्ष उमेरका वीच योग आशन प्रतियोगितामा विजयी भएका र सहभागीहरुलाई प्रमुख अतिथि बादेले प्रमाण पत्र वितरण गर्नुहुदै व्यक्तिलाई भएको तनाव तथा अश्वस्थलाई स्वस्थ बनाउने, मानसिक रुपमा शान्ति प्रदान गर्ने प्रमुख माध्यम योग साधना रहेको बताउनुभयो ।
पंतजली योग समिति बाग्मती प्रमुख ग्रुविन तौजलेले काभ्रे जिल्लालाई योगमय जिल्ला बनाउने र काभ्रेमा निकट भविष्यमा नै योग महोत्सव गर्ने कार्यमा लागिरहेको बताउनुभयो । महिला समितिका अध्यक्ष ईन्दिरा तौजलेले स्वागत मन्तव्य गर्नुभएको कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्य, आर्युवेद तथा स्वास्थ्य केन्द्र प्रमुख डा. अर्जुन उपाध्याय, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतिराम तिमल्सिना लगायतले मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा युवा नेपालका अध्यक्ष एंव योग आसन प्रतियोगिताका संयोजक रमेश श्रेष्ठले योग आसन प्रतियोगिताबारे जानकारी गराएको थियो । पंतजली योग समिति काभ्रेका अध्यक्ष प्रकाश कायष्ठको सभापतित्वमा भएको कार्यक्रमको उद्घोषण महामन्त्री श्याम श्रेष्ठले गर्नुभएको थियो ।
४० जनाले भाग लिएको उक्त प्रतियोगितामा चामुण्डा योग साधना केन्द्रका अनिस श्रेष्ठ प्रथम, सोहि केन्द्रका रितिक श्रेष्ठ दोस्रो भए, र पंचदेवि योग साधना केन्द्रकी काजल पराजुरी तेस्रो भएकी थिईन् ।
