IMG-LOGO

पनौतीमा निःशुल्क आँखा स्वास्थ्य उपचार शिविर

 मंगल, माघ ८, २०८१  ---

     पनौती नगरपालिकाको आयोजनामा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा र लायन्स क्लव अफ पनौतीको प्राविधिक सहयोगमा २०८१ माघ २ गते बाट पनौती नगरपालिका वडा नं ७ मा रहेको पनौती स्वास्थ्य चौकीमा निःशुल्क आँखा उपचार शिविर संचालन सुरुवात भएको छ । वडा नं ७ का वडाध्यक्ष, आँखा अस्पतालका प्राविधिक टिम सहित लायन्स क्लव अफ पनौतीका प्रतिनिधहरुको उपस्थितीमा नगरप्रमुख रामशरण भण्डारीज्यूले कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । शिविर हरेक महिनाको पहिलो र तेस्रो शुक्रबार पनौती नगरपालिका वडा नं ७ स्थित पनौती स्वास्थ्य चौकीमा निशुल्क रूपमा संचालन हुनेछ । बुधबारका दिन पुरष ३१ जना महिला ४० जना गरि जम्मा ७१ जनाले सेवा लिनु भएको थियो जस मध्ये पुरुष ५, महिला ३ गरि जम्मा ८ जनामा मोतिविन्दु देखा परेकोले उहाँहरुलाई थप उपचारको लागि रेयुकाइ एइको मासुनागा आँखा अस्पतालमा रेफर गरिएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्