बनेपा नगरपालिका भित्रका आमाबाबु विहिन बालबालिकाहरुलाई प्रति महिना प्रदेश सरकारको तर्फबाट रु २ हजार र बनेपा नगरपालिकाको तर्फबाट रु १ हजार गरी प्रति बालबालिका प्रति महिनाको जम्मा रु ३ हजारका दरले २२ जना बालबालिकाहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा नगर प्रमुख विमला सापकोटा दाहाल, बनेपा वडा नं. ५ अध्यक्ष बलराम अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।
