IMG-LOGO

धुलिखेल क्याम्पसमा डा. दीर्घराजको नेतृत्व

 मंगल, माघ ८, २०८१  ---

     धुलिखेल÷धुलिखेल क्याम्पसको प्रथम क्याम्पस सभाले डा.दीर्घराज बरुण श्रेष्ठको अध्यक्षतामा संचालक समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष बेदप्रसाद कोँजु रहेका छन् । सदस्यहरुमा अनमोल श्रेष्ठ, दिपेन्द्र देवजु, संगिता श्रेष्ठ चयन हुनु भएको छ । सदस्य सचिव क्याम्पस प्रमुख सागर तिवारी हुनुहुन्छ । समितिमा नगरपालिका, उद्योग बाणिज्य संघ, त्रिवी, प्राध्यापकका तर्फबाट प्रतिनिधि रहने व्यवस्था छ । भने समितिबाट ३ जना मनोनित हुने ब्यवस्था छ । नगरपालिका प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा बोल्दै ब्याञ्जुले क्याम्पस स्थापनाको अवस्थाका घटनाक्रम, क्याम्पसको  स्थायित्वको लागि खेलेको भूमिका, नगरपालिकाले शिक्षाको गुणस्तर वृद्धिको पहल र नागरिकहरुका लागि निशुल्क शिक्षामा नगरपालिकाले आर्थिक अनुदान दिदैँ आएको बताउनभुयो ।

     अध्यक्ष जवाहरलाल यगोल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख सागर तिवारीले क्याम्पसको आर्थिक वर्ष २०८०÷२०८१ को लेखापरिक्षण प्रतिवेदन तथा आर्थिक वर्ष २०८१÷२०८२ को बजेट र कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । क्याम्पस सभामा प्रस्तुत गरिएको विद्यान सर्वसम्वतबाट पास गरिएको छ । सभामा बरिष्ठ मुटु रोग विशेषज्ञ डा. राजेन्द्र कोँजुले कितावी ज्ञान अर्जनसँगै ब्यबहारीक शिक्षाका लागि शिक्षकहरुले ध्यान केन्द्रीत गर्नुभयो । सोहि सभामा नगरपालिकाका सामाजिक बिकास समिति संयोजक एवं वडा अध्यक्ष गणेश आचार्य, डा.दीर्घराज बरुण, अनमोल माकजु लगायतले मन्तब्य रहेको थियो । प्रकाश रोक्काको संचालनमा सम्पन्न कार्यक्रममा सहायक क्याम्पस प्रमुख नवराज बडालले स्वागत मन्तब्य राख्नुभएको थियो ।

 

 

विश्व स्वास्थ्य संगठनले धुलिखेल नगर स्वस्थ्य शहर घोषित गरी पुरस्कृत

     धुलिखेल नगरपालिका नगर प्रमुख अशोक ब्यान्जुले नगरपालिकाले शहस्राब्दी दिगो विकास लक्ष्यका चार लक्ष्य पूरा गरेको बताउनुभयो । दिगो विकासका १७ सुचक मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी गरी चार लक्ष्य पूरा गरिसकेको प्रस्ट पार्दै नगर प्रमुख ब्याञ्जुले स्वस्थ शहरमा विकास भनेको पूर्वाधार निर्माण मात्रै हो भन्ने बुझाई भएका आम नागरिक र जनप्रतिनिधीहरुलाई विश्वका सुचक, मापदण्ड र नागरिकहरुका साना साना विषयलाई ध्यान दिएर काम गर्नु पर्ने पाठ समेत सिकाएको उल्लेख गर्नुभयो ।

     ‘विश्व स्वास्थ्य संगठनले धुलिखेल नगरपालिका स्वस्थ शहर घोषणा गरी पुरस्कार समेत प्रदान गरेको छ’–नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो, उक्त निर्णयले नेपाल र काभ्रेपलाञ्चोक जिल्लाबासीका साथै धुलिखेल नगरबासी खुशी भएको तर्क गर्नुभयो । विगत २ वर्ष देखि धुलिखेल नगरपालिकाले प्रदान गरेको स्वास्थ्य सेवालाई प्रभावकारी अनुगमन र मुल्यांकन गर्दै विश्व स्वास्थ्य संगठनले ६२.४८ अंक प्रदान गरी दक्षिण पुर्व एशियाको दोश्रो तहको स्वस्थ शहर घोषणा गर्ने निर्णय सार्वजनिक गरेको थियो । विस्व स्वास्थ्य संगठनको मापडण्द पूरा गरेर स्वास्थ्य क्षेत्रको नीतिगत सुधार, दिगो विकास लक्ष्य, वातावरणीय सुधार, गरिब नागरिकहरुको स्वास्थ्यमा पहुँच, दीर्घरोग र सरुवा रोगको नियमित उपचार, सामुदायिक स्वास्थ्यमा सुधार ल्याउनुका साथै स्थानीय सरकारको प्राथमिक स्वास्थ्य उपचारमा गरेको प्रगतिलाई आधार मानेको छ ।

     धुलिखेल नगरपालिकाले विश्व स्वास्थ्य संगठन मार्फत सर्ने र नसर्ने रोग, जेष्ठ नागरिक स्वास्थ्य, दलित र गरिब समुदायको स्वास्थ्यमा दिगो विकासको स्वास्थ्य लगायत शहरी स्वास्थ्य सुशासनमा काम गर्ने नगर प्रमुख ब्याञ्जुले बताउनुभयो । अपाङ्गता, स्वच्छ खानेपानी, वातावरणीय प्रभाव न्युनीकरण, सुरक्षित र पूर्ण खोप, सामुदायिक स्वास्थ्य लगायतका क्षेत्रमा डिजिटल स्वास्थ्य अभिलेख तयार गरी कार्य गरिरहेको स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले बताउनुभयो ।

     प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासीनीले नगरपालिकाले प्राप्त गरेको पुरस्कारले नागरिकहरुमा उत्साह र जनप्रतिनिधि तथा कर्मचारीहरुलाई थप दायित्वबोध बनाएको बताउनुभयो ।

     कार्यक्रममा जनस्वास्थ्य कार्यालय प्रमुख रागीश्री कक्षपती श्रेष्ठ, धुलिखेल नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गणेश आचार्य, धुलिखेल नगरपालिका लेखा अधिकृत भवानीप्रसाद मिश्र, शाखा प्रमुख सन्दिप केसी, स्वास्थ्य शाखाका इन्चार्ज सरदचन्द्र थापा, स्वस्थ शहर कार्यक्रमका योजनाकार तथा समाजसेवी दिर्घराज बरुण लगाएतको उपस्थिती रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्