IMG-LOGO

आन्तरिक राजश्व कार्यालय काभ्रेद्वारा १ अर्ब ५६ करोड राजश्व संकलन लक्ष्य अनुरुप प्रगति भएन

 मंगल, माघ ८, २०८१    रमेश प्रसाद न्यौपाने

        आन्तरिक राजश्व कार्यालय काभ्रे, धुलिखेलले चालु आर्थिक वर्ष ०८१÷०८२ को ६ महिना पुष मसान्त सम्म १ अर्ब ५६ करोड २३ लाख २४ हजार राजश्व संकलन गरेको छ । चालु आवमा कार्यालयले २ अर्ब १८ करोड ४९ लाख ४२ हजार राजश्व संकलन गर्ने लक्ष्य रहेको कुरा कर अधिकृत एंव सूचना अधिकारी सन्दिप कुमार मण्डलले बताउनुभयो । चालु आवको पुष सम्ममा ७१ दशमलब ४७ प्रतिशत राजश्व संकलन गरेको छ भने चालु आवको लक्ष्य अनुरुप २८ दशमलब ५३ प्रतिशत कम राजश्व संकलन भएको देखिन्छ । लक्ष्य अनुसार प्रगति भएको छैन । गत आ.व. ०८०÷०८१ पुष सम्ममा १ अर्ब ९१ करोड ४४ लाख ८९ हजार लक्ष्य दिएकोमा १ अर्ब ४७ करोड ६४ लाख ३४ हजार राजश्व संकलन भएको थियो । प्रतिशतमा ७७ दशमलब १२ प्रतिशत हुन आउँछ । लक्ष्य लिइएको भन्दा २२ दशमलब ८८ प्रतिशत कम राजश्व संकलन भएको कार्यालयले जनाएको छ । चालु आ.व. ०८१ पुषमा आयकर ९क्ष्त्० तर्फ १ अर्ब ९ करोड ९९ लाख ९२ हजार लक्ष्य रहेकोमा ७७ करोड २८ लाख २५ हजार प्रतिशतमा ७० दशमलब २६ प्रतिशत हुन आउँछ ।  लक्ष्य भन्दा २९ दशमलब ७४ प्रतिशत कम राजश्व संकलन भएको छ । मुल्य अभिवृद्धि कर ९ख्ब्त्० तर्फ ६४  करोड ६४ लाख  ६ हजार प्रतिशतमा ७२ दशमलब १२ प्रतिशत राजश्व संकलन भएको छ भने २७ दशमलब ८८ प्रतिशत कम राजश्व संकलन भएको हो । त्यस्तै गरी अन्तशुल्क ९भ्हअष्कभ म्गतथ० २० करोड ३७ लाख २ हजार लक्ष्य १३ करोड ४० हजार छ भने प्रतिशतमा ६३ दशमलब ८४ प्रतिशत हुन आउँछ । लक्ष्य लिइएको भन्दा ३६ दशमलब १६ प्रतिशत राजश्व कम संकलन भएको छ । व्याजकर २१ करोड २७ लाख ७९ हजार लक्ष्य लिइएकोमा १८ करोड २७ लाख ७९ हजार संकलन भयो । प्रतिशतमा ८६ दशमलब ४२ प्रतिशत राजश्व संकलन भएको हो । लक्ष्य भन्दा १३ दशमलब ५८ प्रतिशत कम संकलन भएको हो । घर वहालकर तर्फ २ करोड ३० लाख ५२ हजार लक्ष्य लिइएकोमा ९३ लाख ७१ हजार प्रतिशतमा ४० दशमलब ६५ प्रतिशत हुन आउँछ । जसमा ५९ दशमलब ३५ प्रतिशत लक्ष्य भन्दा कम राजश्व संकलन भएको हो । त्यस्तै गरी गत आव ०८०÷०८१ को पुष सम्ममा १ अर्ब ९१ करोड ४४ लाख ८९ हजार लक्ष्य लिइएकोमा १ अर्ब ४७ करोड ६४ लाख ३४ हजार, प्रतिशतमा ७७ दशमलब १२ प्रतिशत राजश्व संकलन भएको कार्यालयले जनाएको छ । लक्ष्य लिइए अनुरुप २२ दशमलब ८८ प्रतिशत कम राजश्व संकलन भएको छ ।

     गत आव मा आयकर ९क्ष्त्० तर्फ ८१ करोड १० लाख ७० हजार लक्ष्य लिएकोमा ७० करोड २१ लाख ५४ हजार प्रतिशतमा ८६ दशमलब ५७ प्रतिशत राजश्व संकलन भएको जनाएको छ । प्रतिशतमा १३ दशमलब ४३ प्रतिशत कम राजश्व संकलन भएको हो ।  । मुल्य अभिबृद्धि कर ९ख्ब्त्० तर्फ ६५ करोड १२ लाख २७ हजार लक्ष्य लिइएकोमा ४४ करोड ६ लाख ३३ हजार प्रतिशतमा ३७ दशमलब ६६ प्रतिशत हुन आउँछ । लक्ष्यमा ३२ दशमलब ३४ प्रतिशत कम राजश्व संकलन भएको छ । अन्तशुल्क ९भ्हअष्कभ म्गतथ० तर्फ २० करोड ९४ लाख ६५ हजार लक्ष्य लिइएकोमा १५ करोड ८ लाख २२ हजार प्रतिशतमा ७२ प्रतिशत राजश्व संकलनमा २८ प्रतिशत लक्ष्य भन्दा कम उठेको हो । व्याज कर तर्फ ९क्ष्लतभचभकत० २१ करोड ८८ लाख १२ हजार लक्ष्य रहेकोमा १७ करोड २० लाख ३६ हजार प्रतिशतमा ७८ दशमलब ६२ प्रतिशत हो । जसमा २१ दशमलब ३८ प्रतिशत लक्ष्य भन्दा कम राजश्व संकलन भएको कार्यालयले जनाएको छ । त्यस्तै गरी घरवहाल कर तर्फ २ करोड ३९ लाख १३ हजार लक्ष्य लिइएकोमा  ९२ लाख ९० हजार प्रतिशतमा ३८ दशमलब ८५ प्रतिशत हुन आउँछ । लक्ष्य भन्दा ६१  दशमलब १५ प्रतिशत कम राजश्व संकलन भएको देखिन्छ ।

१४ हजार ७३ करदाता संख्या बढे

     चालु आर्थिक वर्षको ६ महिना पुष मसान्त सम्म गत वर्षको तुलनामा १४ हजारर ७३ जना करदाता संख्या वृद्धि भएको छ । २०८१ पुष सम्ममा १ लाख २२ हजार २ सय ९९ कुल कर दाता रहेको छन् । गत वर्षको पुषमा भने १ लाख ८ हजार २ सय ३६ रहेको थियो । चालु आर्थिक वर्षमा शैक्षिक संस्था १०४, अन्तशुल्क तर्फ १,५८९, स्वास्थ्य सम्बन्धी ४९, आयकर ९क्ष्त्० तर्फ ४४,९९२, व्यक्तिगत पान लिने ६८ हजार ४ सय २९, मुल्य अभिबृद्धि कर ९ख्ब्त्० तर्फ ५ हजार ८ सय ४, डब्लु पान सरकारी कार्यालय १ हजार ३ सय ३२ गरी १ लाख २२ हजार २ सय करदाता रहेका छन् । त्यस्तै गरी गत आवको पुष सम्ममा शिक्षा तर्फ १०४, ९भ्हअष्कभ म्गतथ० अन्तशुल्क १५१२, स्वास्थ्य ९ज्भबतिज० ४९, आयकर ९क्ष्त्० तर्फ ४१,६९२, व्यक्तिगत पान लिने संख्या ५८,२३३, मुल्य अभिवृद्धि कर ९ख्ब्त्० तर्फ ५,३३६, डब्लु पान (सरकारी कार्यालय) १,३०० गरी गत आवको पुषमा कुल करदाता संख्या १ लाख ८ हजार २ सय २६ रहेको आन्तरिक राजश्व कार्यालय धुलिखेलले जनाएको छ ।

२०८१ फागुण सम्ममा

कर तिरेमा छुट, थप दस्तुर नलाग्ने

     आर्थिक विद्येक २०८१ ले गरेको विशेष छुट तथा सहुलीयत दिने व्यवस्था गरेको छ । कुनै व्यक्तिले विगतमा कर लाग्ने आय आर्जन गरेको, स्थायी लेखानम्बर नलिइएको भए त्यस्तो व्यक्तिले स्थायी लेखानम्बर लिई आर्थिक वर्ष २०७८÷०७९ र ०७९÷०८० को बुझाउनु पर्ने आय विवरण सोमा लाग्ने कर सोमा लाग्ने २५ प्रतिशत हुनेरकम २०८१ साल फागुन मसान्त सम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा व्याज मिनाह हुनेछ । स्थायी लेखानम्बर लिएका आय विवरण बुझाउन बाँकी रहेको करदाताले, सो आय विवरण अनुसारको आयकर सोमा लाग्ने शुल्क तथा बाँकी अभिबृद्धिकर विवरण पेश नगर्ने मुल्य अभिबृद्धिकरमा दर्ता भएको करदाताले आफूले बुझाउनु पर्ने कर विवराणर सो कर विवरण अनुसारको मुल्य अभिवृद्धि कर र सोमा लाग्ने व्याजको ५० प्रतिशतले हुने रकम फागुण मसान्त सम्म बुझाएमा सोमा लाग्ने जरीवाना, थप दस्तुर तथा बाँकी व्याज मिनाह हुने व्यवस्था आर्थिक विद्येयक २०८१ ले गरेको कुरा आन्तरिक राजश्व कार्यालय काभ्रे धुलिखेलका प्रमुख कर अधिकृत हरिप्रसाद तिमिल्सिनाले बताउनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्