IMG-LOGO

नागरिक समाजका एजेण्डा र मुद्दाहरुको बारेमा अभिमुखिकरण कार्यक्रम

 मंगल, माघ १, २०८१  ---

    गैर सरकारी महासंघ नेपाल र एसोशियशन अफ एन्जीओस नेपालको आयोजना र युरोपीयन युनियनको सहकार्यमा नागरिक समाजका एजेण्डा र मुद्दाको बारेमा अभिमुखिकरण कार्यक्रम शुक्रबार धुलिखलमा सम्पन्न भएको छ । नागरिकहरुको हित, जागरुकता, सामाजिक विकास, सामाजिक विभेदको अन्त्यका लागि सन्देश फैलाउन निरन्तर अघि बढेका काभ्रे जिल्लाका गैरसरकारी संस्थाका प्रतिनिधि र पदाधिकारीहरुलाई नागरिक समाजका एजेण्डा र मुद्दाहरुको सवालमा प्रशिक्षकद्वय सुमन खड्का र दिपक रोक्काले प्रशिक्षण दिनुभएको थियो । गैसस महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदी, केन्द्रीय स–महासचिव अर्जुन भट्टराई, बागमती इन्चार्ज किरण थापा, केन्द्रीय कोषाध्यक्ष नानीमैया थापा, बागमती प्रदेश सचिव नरेशकुमार श्रेष्ठ, गैसस काभ्रेशाखा संस्थापक अध्यक्ष संखवुद्ध लामा लगायतले गैससका समस्या र चुनौतीका बारेमा मन्तव्य राख्नुभएको थियो । काभ्रे जिल्लामा दर्ता भएका दुई हजार ५ सय गैससमा ३ सय ५० वटा संस्थामात्र नविकारण भई सञ्चालनमा छन् । संघसंस्था ऐन २०३४ अन्तरगत दर्ता भएका संस्था जुन सरकारका विकासका साझेदारी गर्ने विकासका सम्बहाक भएपनि कार्य गर्न झमेला सृजना गरी अवरोध गरेकाले बहस पैरवी गर्न आवश्यक भएको सहभागी प्रतिनिधिले धारणा राखेका थिए । गैसस नेपाल काभ्रे शाखा अध्यक्ष गंगा दोङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सुमन खड्काले गर्नु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्