IMG-LOGO

बनेपा वडा नं ९ मा स्वास्थ्य चौकी बन्ने भो

 मंगल, असार १, २०७८  ---

बनेपा नगरपालिकाले आफ्नो नगर बासीहरुलाई आधारभूत स्वास्थ्य सेवाको पहुँच सबैमा पुर्‍याउने उद्देश्यका साथ १४ वटै वडामा स्वास्थ्य चौकी शिलान्यास कार्यलाई तिव्रता दिएको छ । हिजो सोमबार बनेपा वडा नं ९ मा आधारभूत स्वास्थ्य चैकी भवनको नगर प्रमुख लक्ष्मी नरसिंह बादेले शिलान्यास गरे । ५३ लाख ९ हजारको कुल लागतमा ४ कोठाको पक्की भवन असार मसान्त भित्र बनिसक्ने प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले जानकारी दिए । कार्यक्रममा नगर उपप्रमुख रेखा सापकोटा दाहाल, बनेपा न.पा. वडा नं.का अध्यक्ष शेर बहादुर सुवाल, स्वास्थय चौकी निर्माण उपभोक्ता समितिका अध्यक्ष नृपेश बादे र वडा समितिका जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो । यस अघि बनेपा वडा नं ५ र ७ को स्वास्थ्य चौकी भवन निमाणर् कार्य शुरु भइसकेको छ ।


 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्