नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) र जिल्ला बचत संघ काभ्रेको सम्झैता अन्तर्गत आयोजित सार (साकोस जोखिम विश्लेषण परामर्श कार्यशाला) साझेदारी कार्यक्रम बुधबार संघको तालिमहलमा सम्पन्न भयो । जिल्ला बचत संघमा आबद्ध संस्थाका संचालक समितिका पदाधिकारीहरु र ब्यवस्थापन प्रमुखहरुहरुलाई लक्षीत गरी संघका शिक्षा तथा तालिम उप समितिका सदस्य पूर्णसागर रंजितको सभापतित्वमा तालिम सम्पन्न भएको हो ।
नेफ्स्कूनका कार्यक्रम अधिकृत पबन घिमिरे, र सूचना प्रविधि सहायक मिलन कोइरालाले तालिममा सहजीकरण गर्नुभएको थियो । संघका अध्यक्ष उदयराम कायष्थले तालिमको उद्घाटन गर्नुहुदै सहकारीमा विभिन्न खालका समस्याहरु आउन थालेका छन जसलाई छिटै निराकरण गर्नुपर्ने जरुरी रहेको बताउनु भयो । सहकारी ऐन २०७४ मा संशोधन गरी जारी गरेको अध्यादेशमा १० लाख, २५ लाख, ५० लाख सम्मको मात्रै बचत सीमा, दुई कार्यकाल मात्रै संचालक रहन पाउने, देशभरी एक मात्रै सहकारीमा सदस्य रहने जस्ता सिमा तोकीनुले सहकारी संस्थाहरुको वुद्धि विकासमा नकारात्मक असर गर्ने कुरा बचत संघ काभ्रेका अध्यक्ष कायस्थले उल्लेख गर्नुभयो । कार्यक्रममा प्रारम्भीक संस्थाबाट १२ जना महिला र १३ जना पुरुष गरी २५ जनाको सहभागीता रहेको थियो । बचत संघका सहायक कार्यकारी अधिकृत रवि कुमार के.सी.ले कार्यक्रमको संचालन गर्नुभएको थियो ।
