IMG-LOGO

प्रिमियर र आयम सहकारी बीच एकीकरण

 मंगल, माघ १, २०८१  ---

    बनेपा÷काभ्रे जिल्लाका दुई सहकारी संस्था प्रिमियर र आयाम साकोस बीच एकीकरण भएको छ । दुबै संस्थाको एकीकरण पछिको साधारण सभा बामगती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उद्धव सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । बनेपामा आयोजित सभाको अध्यक्षता पूर्णलाल रञ्जितले गरेका थिए । साधारण सभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै रञ्जितले साधारण सभा प्रस्तुत गरिने विषय, १३ औ बार्षिक साधारण पछि एकीकरणसँगै संयुक्त सभा सम्पन्न भयो ।

    एकीकरण पछि संस्थाको नाम प्रिमियर आयाम रहने भएको छ । संस्थामा ७ हजार ५ सय ६ जना शेयर सदस्य रहेका छन् भने शेयर पुँजी ४ करोड ३९ लाख ३९ हजार रहेको छ । जगेडा कोषमा २ करोड ७८ लाख ४५ हजार ४ सय ५८ रहेको छ भने कुल वासलात ४६ करोड ९४ लाख ११ हजार २ सय १७ रुपैया रहेको छ ।

    सभामा संस्थाका तर्फबाट सचिव राजन सापकोटाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । ब्यवस्थापकीय प्रतिवेदन सन्तोष दाहालले प्रस्तुत गर्नुभयो । संयुक्त सभामा लेखा सुपरिवेक्षण प्रतिवेदन संयोजक अनुप धितालले प्रस्तुत गरेका थिए भने आयाम साकोसका अध्यक्ष श्याम थापाले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    सभामा जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटे, काभ्रेपलाञ्चोक जिल्ला बचतका उपाध्यक्ष सागर कपाली, पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, राष्ट्रिय बाणिज्य बैक कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष बद्रि तिमल्सिना, राष्ट्रिय सहकारी बैक बनेपा शाखाका प्रवन्धक उपेन्द्र दाहाल, सहकारी अभियान्ताहरु, विभिन्न सहकारीका अध्यक्ष तथा प्रतिनिधिहरुले मन्तब्य राख्नु भएको थियो ।

    उक्त सभाले अध्यक्षमा पूर्णलाल रञ्जितलाई सर्वसम्वत चयन गरेको छ भने उपाध्यक्षमा श्याम थापा, सचिव राजन सापकोटा, कोषाध्यक्ष सुनिल चौलागाई रहनु भएको छ । संचालक सदस्यहरुमा राजन घिमिरे, नारायणप्रसाद दाहाल, ठकनप्रसाद तिमल्सिना, कल्पना केसी दाहाल र सम्झना थापा रहेका छन् । लेखा सुपरिवेक्षण समितिमा संयोजक डम्बरबहादुर लम्साल र सदस्यहरुमा गोकुल रञ्जितकार र विष्णुप्रसाद नराल रहेका छन् ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्