IMG-LOGO

धुलिखेल समाज काठमाण्डौंको १५ औं साधारण सभा

 मंगल, माघ १, २०८१  – गौरब मानन्धर

    धुलिखेल समाज, काठमाडौंको १५ औं साधारण सभा शंखमुल, काठमाडौंको अनमोल क्याटरिङ्गमा सम्पन्न भयो । उक्त साधारण सभामा स्व.देव मन्दिल खोजु, निवर्तमान अध्यक्षको असमायिक स्वर्गारोहण भएकोले प्रथम उपाध्यक्ष मिन बहादुर यगोल श्रेष्ठलाई अर्को अधिवेशन सम्मको लागि अध्यक्षमा सर्वसम्मत अनुमोदन गरेको छ ।

    बागमति प्रदेश सरकारका निवर्तमान संस्कृति तथा पर्यटन मन्त्री माननीय दिपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा र धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जु विशिष्ट आतिथ्यतामा प्रमुख अतिथि दिपेन्द्र श्रेष्ठले धुलिखेल समाज काठमाडौंले निर्माण गर्न लागेको भवनमा पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । नगर प्रमुख अशोक कुमार ब्याञ्जुले धुलिखेल समाज काठमाडौं र धुलिखेल नगरपालिकाको समन्वयमा विकास निर्माणको धेरै काम गर्न सकिने भएकोले कार्यक्रमहरु निरन्तर भई रहनु पर्छ र धुलिखेलका रितिरिवाज, मठ मन्दिर निर्माण, संघ संस्थालाई व्यवस्थित गर्न र जनताको निजी सम्पतिको समेत संरक्षण गर्ने कुरा नगरपालिकाले गर्ने कुरा बताउनु भयो ।

    सचिव श्रीमती रश्मी श्रेष्ठले संचालन गर्नु भएको उक्त कार्यक्रम महासचिव गयानाथ श्रेष्ठले प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन कोषाध्यक्ष श्री अन्जनी कुमार कोजुले पेश गर्नु भएको थियो । धुलिखेल समाजका वर्तमान अध्यक्ष मिन बहादुर यगोल श्रेष्ठले साधारण सभाबाट आएका सल्लाह सुझावलाई आत्मसात गर्दै भवन निर्माणलाई पूर्णता दिने र समाजलाई अझ उचाईमा लाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्