सामाजिक विकास कार्यालय काभ्रेपलाञ्चाक, वल्र्ड लिङ्क टेक्निकल ट्रेनिङ इन्स्टिच्यूट प्रा.ली काठमाण्डौको सहकार्य तथा धुलिखेल नगरपालिका वडा नं. ४ को समन्वयमा ३९० घण्टे द्यभबगतष्अष्बल ीभखभ(िद्द (केश सृङ्गार तथा सौन्दर्य अभिबृद्धि) तालिम उद्घाटन समारोह धुलिखेल न.पा. वडा नं. ४ का वडा अध्यक्ष उत्तम प्रसाद तिमल्सिनाका सभापतित्वमा सम्पन्न भएको छ । सामाजिक विकास कार्यालयका प्रमुख रनमाया भ्याकले उद्घाटन गर्नुभएको तालिममा २५ जना प्रशिक्षार्थीले तालिम लिनेछन् । विशिष्ट अतिथिको रुपमा सामाजिक विकास कार्यालयका प्रशासन अधिकृत कृष्ण प्रसाद आचार्य, प्रमुख अतिथि रनमाया भ्याकले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा धुलिखेल–४ का वडा सदस्य, जेष्ठ नागरिक लगायत ३५ जना सहभागी थिए । कार्यक्रम सञ्चालन सम्झना खतिवडाले गर्नुभएको थियो । २५ जना महिलाहरुको क्षमता अभिवृद्धि गराई व्यवसायिक बनाउन वडाले हरपल सहयोग गर्ने प्रतिज्ञा वडा अध्यक्षले गर्नुभयो ।
